रसुवागढीलाई्र छिटो उत्खनन् गर्न नेपालको आग्रह

रसुवा, ७ जेठ ।नेपालले भूकम्पपछि पहिराले पुरेको ऐतिहासिक रसुवागढीलाई यथाशीघ्र छिटो उत्खनन् गर्न चिनियाँ सरकारी अधिकारीलाई आग्रह गरेको छ ।

रसुवागढी पारि चिनियाँ भूभागमा रसुवाका प्रजिअ उद्धवप्रसाद भट्टराई र चिनियाँ सशस्त्र प्रहरी बलका प्रमुखबीच बुधबार भएको छलफलमा सो आग्रह गरिएको हो ।
प्रजिअ भट्टराईले पहिले हराइरहेका मानिस र त्यसपछि पुरिएका सामग्री खोज्न, सडक पुनः सञ्चालन गराउन र नाका व्यवस्थापनमा लाग्न दुवै देशका उद्धारकर्मीलाई अनुरोध गर्नुभयो ।

OLYMPUS DIGITAL CAMERA
फाईल फोटो
रसुवागढी क्षेत्रमा उद्धार र उत्खनन्मा नेपाली सेना र नेपाल प्रहरीका २५–२५ र चिनियाँ प्रहरी बलका १६० जना गत हप्तादेखि जुटिरहेका छन् । सो क्षेत्रमा अहिलेसम्म चार नेपालीको शव भेटिए पनि ५०० मि माथिबाट झरेको कडा चट्टान फुटाई साबिकको जमिन सम्याएर सतहमा पुग्न ३७ वटा चिनियाँ ठूला यन्त्र प्रयोग भइरहेको बताइएको छ ।

जङ्गबहादुरका माहिला भाइ बमबहादुर राणाको नेतृत्वमा गएको फौजले तिब्बतसँग विसं १९११ मा लडाइँमा जुट्दा नेपाली फौजले सो गढी बनाएका थिए । सो गढी ठूल्ठूला ढुङ्गाले बनाइएको थियो ।

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्नः डुवान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ?

राष्ट्रपति विद्या भण्डारीले प्रमुख तीन दलका शीर्ष नेताहरुलाई बोलाएर पहिरो, बाढी तथा डुवान समस्याबारे गम्भीर प्रश्न उठाएकी छन् । राष्ट्रपति भण्डारीले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवाका ...