रसुवागढीमा हिजोबाट यातायातका साधन सञ्चालन

रसुवा, ७ जेठ ।नेपालको उत्तरी नाका रसुवागढीमा हिजोबाट यातायातका साधन सञ्चालन भएको छ । गत वैशाख १२ को विनाशकारी भूकम्पपछि करिब ५०० मिटरमाथिबाट आएको पहिरोबाट क्षतिग्रस्त मितेरी पुलमाथि चिनिया बेलीब्रिज जडान गरेपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ । त्यसैगरी रसुवागढीमा पुरिएको सडकको ट्रयाक खोल्ने कार्यसमेत सम्पन्न भएको र सोका लागि नेपाल प्रहरी, नेपाली सेना र चिनियाँ सेना गत दुई हप्तादेखि पहिरो पन्छाउने कार्यमा जुटेका थिए ।

rasuwa naka

सडकको साविक सतहमा पुग्दा भन्सारका दुई कर्मचारी, एक स्थानीयवासी र एक सवारी सहचालक र पुरिएका कन्टेनरका टुक्रा मात्र भेटिएको र पुरिएका अन्य शव फेला नपरेको प्रहरीले जनाएको छ । उक्त ठाउँमा ३०÷३५ जना पुरिएको आशङ्का गरिएको थियो ।काठमाडौँदेखि केरुङसम्म यातायात सञ्चालन हुने वातावरण सिर्जना भए पनि स्याफ्रुवेसीदेखि रसुवागढीसम्मको सडकमा माथिबाट ढुङ्गा खस्ने क्रम नरोकिएकाले होसियारपूर्वक सवारी चलाउनुपर्ने सहायक प्रजिअ गौतम रिमालले जानकारी दिनुभयो ।सो भन्सार परिसरमा सिल गर्न बाँकी रहेका ११ वटा कन्टेनरहरूसमेत पुरिँदा करोडौँको सामान नष्ट भएको बताइएको छ ।

मोर्चाका नेताहरु फर्किंदै

२३ मंसिर-समस्या समाधानको उपाय खोज्न भारत पुगेको मधेसी मोर्चाका शीर्ष नेताहरु आज फर्किदैछन् । भारतको सत्तापक्ष, राजनीतिक दलका नेतासँग छलफल गरी मोर्चाका नेता आज नेपाल ...