गङ्गादशहरा पर्व प्रभावित

धुन्चे (रसुवा), ७ जेठ । विनाशकारी भूकम्पपछि धार्मिक मार्ग अवरुद्ध हुँदा गङ्गादशहरा पर्वको गोसाइँकुण्ड मेला प्रभावित भएको छ ।

गोसाइँकुण्डका होटल व्यवसायी ढिन्डुप तामाङका अनुसार धार्मिक क्षेत्रका सबै होटल भूकम्पले ध्वस्त भएका र गणेश गौडादेखि कुण्डसम्मको बाटो भत्किएका कारण जेठ ५ गते सुरु हुने गोसाइँकुण्ड स्नान र मेला प्रभावित भएको हो ।

यस वर्ष यही जेठ १४ गते गङ्गादशहरा पर्व पर्छ ।

दशहरा पर्वको धार्मिक मेला प्रभावित भए पनि आगामी जनैपूर्णिमामा लाग्ने ठूलो मेला व्यवस्थित गराउने सोचाइ भइरहेको लौरीविनायकका व्यवसायी तेन्जिङ तामाङको भनाइ रहेको छ ।

gosaikunda

ठूला होटल निर्माण गर्न १–२ वर्ष सम्भव छैन साना–साना छाप्रा बनाएर भए पनि तीर्थ जाने यात्रुलाई सहज वासस्थान बनाई धार्मिक कार्यलाई निरन्तरता दिन व्यवसायीमाझ सल्लाह भइरहेको बताइएको छ ।

यस्तै सरकारी स्वीकृतबाट बनेका निकुञ्ज क्षेत्रको ५३ वटा होटल लजको संरचना एवम् होटलभित्रका सामग्री नष्ट हुँदा रु १८ करोडबराबरको सम्पत्ति नष्ट भएकाले आर्थिक वर्ष ०७१÷७२ र ०७२÷७३ को होटल रोयल्टी राजस्व मिनाह, भूकम्प प्रतिरोधी संरचना बनाउन सहज वातावरण भौगोलिक अवस्थाको आधारमा व्यवसायी क्षेत्र स्थानान्तरण गरी सञ्चालनको कार्यावधि २० वर्ष कायम गर्न लाङटाङ निकुञ्जसँग माग गरिएको व्यवसायीहरुले बताएका छन् ।

‘कार्टुन्स क्रु’सँग पल, सार्वजनिक भयो ‘जता जता पिरतीको बाटो’

युटुबमा चर्चित बनेको ग्रुप ‘कार्टुन्ज क्रु’लाई फिचरिङ गरेर एक म्यूजिक भिडियो तयार भएको छ । ‘जता जता पिरतीको बाटो’ बोलको गीतलाई ‘तिमीलाई देखेपछि आइ लभ ...