पहिरोले रसुवाको हाकु गोगने गाउँ सुन्य

images

१३ असार-रसुवाको हाकु गोगने वैशाख १२ को भूकम्पसँगै आएको धक्काले पहिरोसँगै गाउँ बग्न खतरा बढेपछि गाउँ सुन्य भएको छ ।
नुवाकोटको अस्थायी शिविरबाट रसुवा सदरमुकाम धुन्चे पुगेका हाकु–८ का जितमान तामाङले राम्चेको ग्राङबाट आफ्नो हाकु हेर्दा पहिरो नै पहिरोको बीचमा गाउ रहेको देखिएको बताउनुभयो । ‘यति धेरै पहिरो गएको छ भनेर मैले कल्पना नै गरेको थिइनँ,’ उहाले भन्नुभयो , ’गाउँ नजिकै पहिरो आइसकेछ ।’
गाउँको तल्लो भूभागबाट सुख्खा पहिरो नियमित खस्न थालिसक्यो। गाउँ बग्नका लागि अब १ सय मिटर मात्र बाँकी छ। हाकु तिरु र गोगनेमा १ सय १५ घर छन्। पहिरोसँगै माटो र चट्टान खसेको खस्यै छ। रोकिने कुनै छाँट देखिँदैन। वर्षानजिकै आइसक्यो जता हेर्यो,ि उतै पहिरो नै पहिरो छ, कतै सुरक्षित ठाउँ नै देखिँदैन। रसुवा राम्चे–४ ग्राङबाट नियाल्दा पहिरो नगएको ठाउँ भेटाउनै मुस्किल छ। वर्षा लागेपछि कतै सुरक्षित देखिँदैन, जता हेर्दा पनि सुख्खा पहिरो बगेको बग्यै छ। अझै वर्षा लागेपछि के हुने हो भन्ने चिन्तामा स्थानीय छन्।
विस्थापित भएको हाकु गाविस जिल्ला सदरमुकाम धुन्चेसँगै जोडिएको छ। हाकुको सीमा क्षेत्र डाडागाउँ, धुन्चे जाने बाटो, राम्चे जाने झोलुंगे पुल पहिरोले क्षति पुर्याकएको छ। ’अब गाउँ जाने कुनै उपाय नै देखिँदैन,’ हाकु–९ तिरुका कर्म तामाङले भन्नुभयो, ’न टेक्ने ठाउँ छ न बस्ने ठाउँ छ। कसरी जानु गाउँ जता टेक्यो उतै भासिएको छ।’

स्थानीय आफ्नो पुरानै थातथलो जाने इच्छा त गर्छन् तर पहिरोको बीचमा बस्न नसक्ने भएपछि जान सकिरहेका छैनन्। लेकका मान्छे बेसीको हपहपी गर्मीमा बस्नुपरेको छ। तर अपसोच गाउँ मात्र होइन, निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली १ र ६० मेगावाटको त्रिशूली थ्री ए जलविद्युत आयोजना पुग्ने सडक पहिरोले थुनिएको छ।
आयोजनाको माथि पाखो खस्न ठिक्क परेको छ। हाकुका स्थानीयले किनमेल गर्ने मैलुङ बजार पुरिएको छ। ५ मेगावाट क्षमताको मैलुङ खोला जलविद्युतको ड्यामसाइड पहिरोले थचक्क बसेको छ। आयोजना क्षेत्र नजिकै पहिरै पहिरोले घेराबन्दी लगाएको छ। वर्षा सुरु हुनेबित्तिकै भूकम्पले हलचल गराएर कमजोर भएका पहाडे चट्टान खस्न ठिक्क परेको छ। पहिरो बग्न थालेपछि रसुवामा निर्माणाधीन सबै काम ठप्प छन्।
पहिरोको अति जोखिम र बग्ने अवस्थामा रहेको हाकु, ठूलोगाउँ, डाडागाउँ, राम्चेको १, ५ र ९ नम्बर वाडा, लहरेपौवाको ५ स्थित पहिरेबेसी, भोर्ले ५ को खाल्चेत लगायत ठाउँका स्थानीयलाई अन्यत्रै सार्ने काम गरिसकिएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी गौतम रिमालले बताउनुभयो ।
भूगर्भ्विदले गरेको अध्ययन अनुसार यी ठाउँ अति जोखिम क्षेत्रमा रहेको औंल्याइसकेका छन्। जहाँ बस्नका लागि उपयुक्त देखिँदैन । ’जिल्लामा अझै पहिरोमा पुरिएर हराउनेको संख्या १ सय ३० जना छ,’ रिमालले भन्नुभयो ।
रसुवागढी, मैलुङ क्षेत्र र लाङटाङ क्षेत्रमा पहिरोबाट लास उत्खनन गर्न सकिएको छैन। ’वर्षा लागिसक्यो, अब झनै कठिन अवस्था आउने निश्चित छ,’ उहाले भन्नुभयो ।
पासाङल्हामु मार्गको धुन्चेदेखि कालिकास्थान खण्ड चिराचिरा परेका छन्। पानी परेपछि बग्ने खतरा उत्तिकै छ। बाटो बन्दा हुँदा खाद्यान्न समस्या हुन सक्ने कुरालाई मध्यनजर गर्दै वर्षाअघि नै स्टोरमा दालचामल राखिएको छ। विशेषगरी जिल्लाका १० गाविस पहिरोले बाटो बगेपछि थप समस्यामा पर्ने भएकाले स्याफ्रुबेसी र चिलिमेमा पनि खाद्य स्टोर गरिएको उहाले बताउनुभयो ।

चाउचाउ उद्योग बन्द

३० कात्तिक- भारतले गरेको अघोषित नाकाबन्दीका कारण अधिकांश चाउचाउ उद्योग पूर्ण रुपमा बन्द भएका छन् । उद्योगहरु बन्द भएपछि अहिले बजारमा चाउचाउको अभाव देखिएको छ ...