दुई खान एकसाथ

१४ साउन-बलिउडका दुई खान अभिनेता शाहरुख खान र सलमान खानले एउटै चलचित्रमा अभिनय गर्ने भएका छन् । यस राज फिल्मसका आदित्य चोपडा करन–अर्जुनमा सँगै काम गरेर दर्शकको मन जितेका शाहरुख र सलमानलाई एउटै लचित्रमा अभिनय गर्न मनाउन सफल भएका हुन् ।

शाहरुख र सलमानलेसँगै अभिनय गर्ने चलचित्रको निर्देशन आदित्यले नै गर्ने तयारी छ । शाहरुखलाई पहिले नै चलचित्रमा लिने पक्का भएको र उनको साथमा रणविर सिंहलाई अभिनय गराउने तयारीएको थियो । तर शाहरुख र सलमानलाई एकसाथ अभिनय गराउँदा बक्स अफिसमा चलचित्रले राम्रो गर्ने अपेक्षा सहित आदित्यले सलमानलाई चलचित्रमा अभिनय गर्न मनाएका हुन् ।

Sarukh-and-salman

दर्शकले पनि शाहरुख र सलमानलाई एकसाथ देख्न चाहेका थिए । तर व्यक्तिगत सम्बन्धका कारण दुई खानलाई एउटै चलचित्रमा खेलाउन असजिलो भएको थियो । यो अप्ठ्यारो आदित्यले तोडेका छन् । दुई खान अभिनित चलचित्र सन् २०१६ को अन्त्यसम्ममा तयार हुने जनाइएको छ ।चलचित्रको स्कृप्ट तयार भैसकेको छ । यसलाई दुवै खानले मन पराएका छन् । अभिनेत्री भने तय भैसकेको छैन ।

गोसाइँकुण्डमा एक सातामा ३६ हजार रुपैया भेटी संकलन

रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइँकुण्डमा लागेको मेलामा एक सातामा ३६ हजार रुपैया भेटी संकलन भएको छ । नागपन्चमी र रक्षावन्धनमा मेला भर्न आएका तिर्थयात्रीले एक सातामा ...