नुवाकोटमा मानव वेचविखनमा सक्रिय गिरोह पक्राउ

१८ साउन-नुवाकोटका विभिन्न गाविसमा मानव वेचविखनमा सक्रिय रहेको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट वेचिएका युवतीहरु सम्पर्कमा नआएको भन्दै घटनाको पूर्ण विवरण भने सार्वजनिक गरेको छैन ।

kkk-415x330

प्रहरीले रालुकादेवी गाविस वडा नंं ७ का आफ्नै छोरी विक्री गरेको आरोपमा ४५ वर्षिय गोपी नेपाल र सोही गाउँका पातली तामाङलाई पक्राउ गरेको हो । लामो समयदेखि मानव वेचखिवनमा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
शिखरवेसी गाविस घर भई हाल रालुका वस्ने एक १३ वर्षिया किशोरी, उर्लेनी गाविस वडा नं. २ का एक किशोरीलाई गत साउन १ गते भारत लगि विक्री गरेको आरोपमा इलाका प्रहरी कार्यालय खरानीटारले दुई जनालाई पक्राउ गरेको हो ।

बाम गठबन्धनका युवा संगठनद्धारा तीन हजार एक सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडौं, कात्तिक १० ,बाम गठबन्धनका युवा सगठनले आसन्न केन्द्र र प्रदेश निर्वाचनमा पार्टीलाई सहयोग गर्न मुल निर्वाचन परिचालन कमिटि गठन गरेका छन् । एमालेको युवा ...