प्लास्टिक झोला निषेध

१८ साउन-वातावरण विभागले काठमाडौं उपत्यकामा प्लास्टिक झोला निषेध गर्ने अभियान फेरि सुरु गरेको छ । भूकम्पपछि अभियान रोकिएको थियो ।विभागका वातावरण निरीक्षकको समूहले आइतबार बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा आइतबार ९० किलो प्लास्टिक जफत गरिएको विभागले जनाएको छ ।

Plastic-Jhola

विशालनगर क्षेत्रका ५० वटा पसलबाट ३५ किलो, न्युरोड, असन क्षेत्रका २५ पसलबाट १५ किलो, मित्रपार्क, चाबहिल क्षेत्रका ३० पसलबाट ३५ किलो र माछापोखरी, बालाजु क्षेत्रबाट पाँच किलो प्लास्टिक झोला जफत गरिएको हो ।संसद्को वातावरण संरक्षण समितिको ९ भदौ ०७१ को निर्देशनअनुसार १ वैशाखदेखि उपत्यकामा प्लास्टिक झोला निषेध अभियान चलाइएको थियो ।

राजपा अध्यक्षमण्डलको बैठक आज, चुनावी समीक्षा हुने

काठमाडौं, पुस ११ – राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक मंगलबार बस्दैछ । बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको समीक्षा, केन्द्र र प्रदेश सरकार गठन लगायतका ...