अमिताभको ट्विटर ह्याक

१४ भदौ-सामाजिक संजालमा सर्वाधिक चर्चित रहेका बलिउड नायक अमिताभ बच्चनको ट्विटर ह्याक गरिएको छ । अमिताभले यो कुराको जानकारी ट्विटरमार्फत दिएका छन् । उनको ट्विटर एकाउन्ट ह्याक गरेर कसैले आपत्तीजनक भिडियो पोष्ट गरिदिएको जनाएका छन् ।amitabh-twitter

अमिताभले आफ्नो डेढ करोड भन्दा धेरै फलोअर्स भएको एकाउन्ट ह्याक गरेर आपत्तिजनक भिडियो पोष्ट गर्नेलाई भनेका छन्(‘जसले पनि यो काम गरेको छ, यो अरु कसैलाई गर्दा राम्रो होला । मलाई यसको आवश्यकता छैन ।’

अमिताभलाई धेरैले यस्तो बिषयमा सजग रहन आग्रह गरेका छन् । बलिउडका चर्चित कलाकारको एकाउन्ट ह्याक गर्दा ह्याकर र यस्ता किसिमका साइटहरुलाई फाइदा हुने गर्दछ ।

सार्वजनिक यातायातमा कालोबजारी

४ मंसिर-भारतको अघोषित नाकाबन्दीलाई कारण देखाउँदै यातायात व्यवसायीले कालोबजारी गरी यात्रुसँग सके जति भाडा असुल्न थालेका छन् । डिजेल नपाएर ८० रुपैयाँको तेललाई ३०० तिरेर ...