ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम निर्वाचित

१७ भदौ- नेपाल ओलम्पिक कमिटी ९एनओसी० को अध्यक्षमा जीवनराम श्रेष्ठ निर्बाचित भएका छन् । एकमात्र प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठलाई हराउने क्रममा श्रेष्ठले १७ मत पाए । श्रेष्ठले भने ९ मत बटुले । यसैगरी एनओसीको महासचिवमा टेण्डी शेर्पा आएका छन् । उनले पनि १७ नै मत पाए ।

 

Jiban-Ram-Shresth

उनका प्रतिद्वन्द्वी छिनि उर्गेन गुरुङले ८ र दिपराज गुरुङले एक मात्र मत पाए । उपाध्यक्ष र कोषाध्यक्ष भने निर्विरोध भएका छन् । ओलम्पिक कमिटीको उपाध्यक्षहरुमा ज्योती राणा, धिरेन्द्र प्रधान, पुरेन्द्रविक्रम लाखे र राजेन्द्र बान्तबा छानिए ।

कोषाध्यक्षमा रतनकुमार टण्डन पनि निर्बिरोध भएका हुन् । गत साउन २१ गते हुनुपर्ने निर्वाचन प्रक्रिया नपुगेको भन्दै स्थगित गरिएको थियो ।

प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग

नुवाकोट- नुवाकोट सरोकार समाजले प्रदेश नं ३ को राजधानी नुवाकोट बनाउनुपर्नेमा माग गरेको छ । समाजले काठमाडौंमा   आइतबार पत्रकार सम्मेलनको आयोजना गरी मल्लकालमा साततले दरबार ...