धादिङमा सडकको अवस्था दयनीय

९ असोज- धादिङबसी-सल्यानटार सडकखण्डअन्तर्गत निगालापानीदेखि गोलाभञ्ज्याङ्सम्मको दूरी जम्मा तीन किलोमिटर छ तर सडकको अवस्थाका कारण सवारी साधानमा यात्रा गर्न तीन घण्टा लाग्छ । बाटोको अवस्था कतिसम्म जोखिमपूर्ण र बिग्रिएको छ भने सवारी साधानमा यात्रा गर्नुभन्दा पैदल हिड्न छिटो र सुरक्षित हुन्छ ।

हरेक वर्ष वर्षायाम शुरु भएसँगै धादिङबेसी-सल्यानटार सडकखण्ड रोपाइँ गर्न ठिक्क परेको खेतजस्तै हुने गरेको छ । यसले यात्रुलाई कठिनाई उत्पन्न हुनुका साथै उनीहरु जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।

 

1424769918_sadakउत्तरी धादिङलाई सदरमुकामसम्म जोड्ने र गोरखा जिल्लालाई धादिङसँग जोड्ने मुख्य सडकको अवस्था निकै दयनीय बनेको छ । सडकमात्र खन्ने र त्यस सडकको स्तरउन्नति नगर्ने भएकाले सडकहरुको अवस्था यस्तो भएको हो ।

पर्यटन ब्यबसायी न्यौपाने सम्मानित ।

२५ भदौ, रसुवा ।  रेडियो लाङटाङ का संस्थापक सदस्य प्रसिद्ध पर्यटन व्यवसायी एवं समाज सेवी  रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने जिल्ला शिक्षा कार्यलयबाट सम्मानित ...