फिफा अध्यक्ष ब्लाटर निलम्बित

२१ असोज- विश्व फुटबलको नियमक निकाय फिफाको अध्यक्ष सेप ब्लाटर अस्थायी रुपमा ९० दिनका लागि निलम्बनमा परेका छन् ।

स्विट्जरल्याण्डका जाँचकर्ताहरुले ७९ वर्षीय ब्लाटरविरुद्ध आपराधिक जाँच सुरु गरेका थिए । लगतै फिफाको अनुशासन समितिले ब्लाटरलाई ९० दिनका लागि निलम्बन गरेको बीबीसीले जनाएको छ ।Sepp-Blatter

यद्यपि औपचारिक निर्णय शुक्रबार मात्र हुने बताइएको छ । ब्लाटरका सल्लाहकार क्लास स्टाकरका अनुसार निलम्बनबारे जानकारी गराउँदा उनी शान्त थिए ।युरोपियन फुटबल यूएईएफका अध्यक्ष मिचेल प्लाटिनीले ब्लाटरमाथि फिफको हितलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।स्विट्जरल्याण्डका ब्लाटर सन् १९९८ देखि फिफाको अध्यक्ष छन् ।

आफूलाई अनावश्यक विवादमा तानेको – उपसभामुख राधिका तामाङ

  गौहत्या एवं त्यसको मासु प्रकरणबारे प्रदेश ३ की उपसभामुख राधिका तामाङले आफूलाई अनावश्यक विवादमा तानेको भन्दै ध्यानाकर्षण गराएकी छन्। सोमबार तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै ...