इटली युरोकपका लागि छनोट

२४ असोज- इटली युरो कप फुटबलका लागि छनोट भएको छ । नेदरल्याण्डले युरोकप गुमाउने खतरा बढेको छ ।

Italy

शनिबार राति भएको खेलमा इटलीले अजरबैजानलाई ३–१ ले पराजित गरेको छ । बाकुमा भएके खेलमा अजरबैजान अन्तिम केही मिनेट १० खेलाडीमा सिमित भएको थियो ।जितसँगै इटली २१ अंकका साथ समूह एचको शीर्ष स्थानमा छ र युरो कपका लागि छनोट भएको छ।शनिबार राति भएको अर्को खेलमा नर्वेले माल्टालाई २–० ले र क्रोएसियाले बुल्गेरियालाई ३–० ले पराजित गरेको छ ।

जितसँगै नर्वे १९ अंकसहित दोस्रो र क्रोएसिया १७ अंकसहित तेस्रो स्थानमा छ । अब अन्तिम खेलले युरो कपका लागि छनोट हुने दोस्रो टोलीको टुंगो लाग्नेछ ।

साफ यू —१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाण्डौ भदौ ११, साफ यू —१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत भिड्दै छन । खेल केहिवेरमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुँदैछ । साफले आयोजना ...