अब नयाँ शक्तिले देश हाँक्छ:भट्टराई

२८ असोज- पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अब देश नयाँ शक्तिले हाँक्ने बताएका छन् । तर, आफू नयाँ शक्तिमा कुनै उच्च पदमा नरहने उनले बताए ।

Baburam-Bhattrai3

सम्बाद नेपालले बिहीबार पोखरामा आयोजना गरेको कार्यक्रममा भट्टरार्इले संविधान निर्माणसँगै देश नयाँ युगमा प्रवेश गरेकाले अब देश हाँक्ने जिम्मा नयाँ शक्तिको भएको बताए । उनले देश निर्माणको जिम्मा युवा पुस्ताले लिनुपर्ने भन्दै नयाँ शक्तिमा युवालाई प्राथमिकता दिने बताए ।एमाओवादी त्यागेर नयाँ शक्ति गठनमा लागेका डा. भट्टराईले अब देश पुराना पार्टीबाट चल्न नसक्ने दाबी गरे । उनले भने-‘देशमा नयाँ संविधान जारी भएपछि देशमा एक चरणको राजनीतिक युग पुराभयो, यही स्थितिमा देश पुराना पार्टीबाट चल्न नसक्ने भएकोले नयाँ शक्तिको खोजिमा म हिडेको हुँ ।’

डा.भट्टराईले पुराना पार्टीका केही साथीहरु समेत आफूले गठन गर्न लागेको नयाँ शत्तिमा आउने बताए । उनले नयाँ शक्तिले देश र जनताको आर्थिक विकास गर्नुको साथै देशलाई समृद्धितर्फ लैजाने जिकिर गरे ।

प्रकाश दाहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि पेरिसडाँडामा राखिने

काठमाडौं ३ मंसिर,दिवंगत प्रकाश दहालको पार्थिव शरीर अन्तिम श्रद्धान्जलीका लागि माओवादी केन्द्रको कार्यालयमा राखिने भएको छ । प्रचण्ड पुत्र दाहालको आइतबार विहान असामहिक निधन भएको ...