पेट्रोल आइतबार काठमाडौं आइपुग्ने

१२ कात्तिक- चीनले अनुदानको दिन पेट्रोलको पहिलो खेप आइतबार काठमाडौं आइपुग्ने भएको छ ।भारतको अघोषित नाकाबन्दीका कारण इन्धनको चरम खेपिरहेको नेपालका लागि चीनले एक हजार मेट्रिकटन अर्थात १३ लाख लिटर पेट्रोल अनुदानमा दिएको छ । यो तेलको पहिलो खेप शनिबारसम्म नेपाल चीनको नाका केरुङमा आइपुग्ने अधिकारीहरुले बताएका छन् ।

nepal-china-

चीनले दिन लागेको तेल लिन नेपाली ट्यांकर भोली शुक्रबार चीनतर्फ जानेछ । नेपाल आयल निगमले पहिलो चरणमा १२ वटा ट्यांकरलाई पठाउने निगम प्रवक्ता दीपक बरालले बताए ।शुक्रबार बिहान ९ बजे १२ बटा ट्यांकरहरु तेल लिन थानकोट डिपोबाट चीनका लागि छुट्नेछ । पहिलोपटक चीनसँग तेल लिँदा कुनै औपचारिक कार्यक्रम भने नगर्ने आयल निगमले बताएको छ ।

ट्यांकरसँगै आयल निगमका अपिधकारी पनि चीन जानेछन् । चीनले रसुवागढीबाट २६ किलोमिटरको दुरीमा रहेको केरुङसम्म तेल ल्याइदिनेछ भने त्यहाँसम्म नेपाली ट्यांकर पुग्नेछ ।चिनियाँ पेट्रोल आइतबार काठमाडौं आइपुग्ने छ । त्यसपछि क्रमश चीनबाट अनुदानको तेल ल्याउने निगमको योजना छ ।चीनले अहिले दिएको तेल भारतबाट आइरहेको भन्दा पनि गुणस्तरीय मानिने युरो(४ गुणस्तरको पेट्रोल हुनेछ ।

लोकतन्त्र वा अधिनायकवाद रोज्ने अधिकार जनतालाईः प्रम

धनगढी कात्तिक २९, नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चुनावमा लोकतन्त्र वा अधिनायकबाद कसलाई रोज्ने भन्ने निर्णय गर्ने अधिकार जनतालाई रहेको बताउनुभएको छ ...