म्यानचेष्टर युनाइटेड बाहिरियो

१२ कात्तिक- मिडल्सब्रोसँगको अप्रत्यासित हार व्यहोर्दै म्यानचेष्टर युनाइटेड लिग कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।

बुधबार राति भएको खेलमा युनाइटेड मिडल्सब्रोसँग टाइब्रेकरमा ३-१ ले पराजित भयो । निर्धारित ९० तथा अतिरिक्त ३० मिनेटको खेलमा युनाइटेडले गोल गर्न सकेन ।पेनाल्टी सुट आउटमा वायन रुनी, माइकल क्यारिक र एस्ले योङ चुकेपछि मिडल्सब्रोका खेलाडीहरुले १० हजार समर्थकमाझ खुसी मनाएका छन् ।

Middlesbrough

निर्धारित समयको खेलको सुरुमा युनाइटेड रुनी, एन्थोनी मार्टिल विनानै मैदान उत्रिएको थियो । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटीसँग गोलरहित बराबरी खेल्दाको टीममा नौ परिर्वतन गरिएको थियो ।मेम्फिस डिपेइले आफ्नो प्रभाव छाड्न सकेनन् । जेम्स विल्सनलाई पहिलो हाफको अन्तिममा रुवीले रिप्लेस गरे । ७१ औं मिनेटमा मैदान प्रवेश गरेका मार्टिलले अट्याकिङ खेल खेलेपनि युनाइटेडलाई सफलता दिलाउन सकेनन् ।

प्रत्यक्षमा महिला कम

रसुवा मंसिर २८, प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ६ जनामहिलानिर्वाचितभएका छन् । माओवादी केन्द्रबाट पम्फा भुसाल, कमला रोका र विना मगर तथा एमालेबाट पवित्रा निरौला खरेल,पद्माकुमारी अर्याल र ...