भारतसँगको व्यापार घटायो

१६ कात्तिक- तराईमा जारी आन्दोलनले भारतसँगको व्यापार घटाएको छ । आयात १९ प्रतिशतले र निर्यात २२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले सार्वजानिक गरेको भदौ महिनासम्मको देशको वर्तमान आर्थिक स्थितिमा भारतबाट हुने आयात गत वर्षको सोही अवधिकोभन्दा १६ अर्ब ३० करोडले घटेको उल्लेख छ ।

Nepal-india-flag

यो वर्षको भदौ मसान्तसम्ममा भारतबाट ६५ अर्ब ५५ करोड ५२ लाख रुपैयाँ बरोबरको आयात भएको राष्ट्र बैंकले जनाएको छ । गत वर्षको ८१ अर्ब ८५ करोड २५ लाख रुपैयाँको आयात भएको थियो ।अघिल्लो वर्षको तुलनामा गत वर्ष १८ प्रतिशतले बढेको आयात गत वर्षको तुलनामा यस वर्ष भने १९ प्रतिशतले घटेको छ ।त्यसैगरी राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्ममा नेपालबाट भारतर्फको निर्यात पनि २२ प्रतिशतले घटेको छ । गत वर्षको भदौमा ८ अर्ब ७६ करोडको रुपैयाँको निर्यात भएकोमा यो वर्षको भदौमा ६ अर्ब ७६ करोड रुपैयाँको मात्रै निर्यात भएको छ ।गत साउनदेखि मधेसी मोर्चाले तराई बन्द गर्दै आएको छ । तराई बन्द भएका कारण ढुवानीमा समस्या उत्पन्न हुँदा भारतबाट हुने आयात प्रभावित भएको हो ।गत असोज ३ गते संविधानसभाले नयाँ संविधान जारी भएपछि रुष्ट भएको भारतले असोज ५ गतेदेखि अघोषतिरुपमा नाकाबन्दी नै लगाएको छ । जसअनुसार असोज महिनाको रिपोर्टमा भारतबाट हुने आयात अझ घट्ने भएको देखिएको छ ।

आर्थिक वर्ष २०७१र०७२ मा नेपालले भारतबाट कूल ४ खर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ बराबरको आयात गरेको थियो । जसमध्ये १ खर्ब १० अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पद्धार्थ आयात गरेको थियो ।हालैमात्र सरकारले चीनबाट पेट्रोल ल्याउने सैद्धान्तिक सम्झौता ९एमओयू० गरिसकेकाले आउदा दिनमा भारतबाट हुने आयात निकै कम हुने भएको छ ।

रेखा थापा किन लागिन् ‘पशुपति’तिर ?

रेखा थापा प्राय चर्चामा आईरहने नायिका हुन् । पछिल्लो समय उनको आफ्नो ब्यानरमा बनेको कार्तिक २ मा प्रदर्शनमा आउने चलचित्र ‘रुद्रप्रिया’ को कारणले उनी चर्चामा ...