औषधि अभाव चर्कंदै

१७ कात्तिक- भारतले गरेको नाकाबन्दीका कारण आपूर्ति प्रभावित हुँदा राजधानीका अस्पतालमा औषधि अभाव हुन थालेको छ। अस्पतालहरूले सलाइन र आपतकालीन उपचारमा चाहिने औषधिको अभाव सुरु भएको र भण्डारण गरिएका अन्य औषधिले एक साताभन्दा बढीलाई नपुग्ने जनाएका छन्।medicine

‘अत्यावश्यक औषधि पाइन छाडेको छ, अब पनि औषधि आएन भने छिट्टै संकट हुन्छ,’ वीर अस्पतालका निर्देशक स्वयंप्रकाश पण्डितले सोमबार भने।पण्डितका अनुसार कतिपय औषधि नेपालमै बन्ने भए पनि सुईजन्य तथा केही विशेष औषधि आयातमै भर पर्नुपर्छ। ‘यहाँ बन्ने औषधिको कच्चा पदार्थ पनि विदेशबाटै ल्याउनुपर्छ,’ उनले थपे।

दसैं–तिहारसम्मलाई भनेर भण्डारण गरेर राखिएका अत्यावश्यक औषधि पनि सकिन लागेको शिक्षण अस्पतालले जनाएको छ। अस्पतालकी स्टोरकिपर संगीता माथेमाले केही महिनासम्म पुग्ने औषधि उपत्यकाका सबै अस्पतालका बिरामीले किन्न थालेपछि पहिल्यै सकिएको जानकारी दिइन्। ‘दसैं–तिहारसम्म पुग्ने गरी स्टक थियो, अन्यत्रका बिरामी पनि आएपछि सकियो,’ माथेमाले भनिन्।उनका अनुसार एक साताभित्र औषधि नआए बिरामीको उपचारै गर्न कठिन पर्ने अवस्था आउँछ।

लैँगिक उत्तरदायी सार्वजनिक सेवा सम्वन्धी अभिमूखीकरण सम्पन्न

नेपाल कृषिवन प्रतिष्ठानको आयोजना तथा एक्सनएड नेपालको साझेदारीमा सञ्चालन भएको समूदायको अगुवाईमा सामूदायिक पूनर्निर्माण अन्तर्गत लैँगिक उत्तरदायी सार्वजनिक सेवा अन्तर्गत उत्तरगया गाउँ पालिकामा पालिकास्तरीय अभिमुखीकरण ...