बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३६ पुग्यो , २९ जनाको सनाखत –(फोटो सहित )

१८ कार्तिक— रसुवामा यात्रुवाहक बस दुर्घटनामा मृत्यू हुनेको संख्या ३६ पुगेको छ ।४५ जना घाइते भएका छन ।
मृतक मध्ये २९ जनाको सनाखत भएको छ ।

आज जिल्ला अस्पताल धुञ्चेमा सनाखत भएका मृतकहरुको नामावली यस प्रकार रहेको छ :

12212532_1481218368853179_871390051_n

12207641_1481222422186107_247655489_n

रसुवाको राम्चे गाविस वडा नं ३ स्थित ग्राङ भिरमा भएको दुर्घटनामा २९ जनाको घटनास्थल ,१ जनाको धुञ्चे अस्पताल लैजाने क्रममा बाटोमा , ५ जनाको त्रिशूली अस्पताल नुवाकोटमा र १ जनाको उपचारको क्रममा काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा मृत्यू भएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले रेडियो लाङटाङलाई बताउनुभयो ।

यस्तै घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बस दुर्घटनाको खबर सुन्नासाथ घाइतेको उद्धारका लागि काठमाडौंदेखि नेकपा एमालेका सभासद जनार्दन ढकाल हेलिकप्टर लिएर आउनुभएको थियो ।उहाँले उक्त हेलिकप्टर मार्फत १५ जना घाइतेलाई काठमाडौंको शिक्षण अस्पतालमा पु¥याउनुभएको थियो । अहिले घाइतेको अवस्था सामान्य रहेको छ ,तर राम्चे ८ की मेन्सि लामाको अबस्था भने चिन्ताजनक रहेको सभासद ढकालले बताउनुभयो । यस्तै धैबुङ ९ की सिता बि.क को खुट्टा काटनपर्ने शिक्षण अस्पतालका चिकित्सकले बताएका छन ।घाइतेहरुमा धैबुङ २ की अप्सरा धिताल ,भोर्ले ३ का कालू मोक्तान ,लहरेपौवा ८ का कालसाङ तामाङ ,राम्चे ८ का मेन्सि लामा ,हाकू ९ की वुटि तामाङ ,सरमथली ६ का तील ब. लामा , ,सरमथली ५ का मोहन मोक्तान ,भोर्ले ४ की सानुमाया रुम्बा ,थाम्बुचेत १ का खामसुङ तामाङ , धैबुङ ९ की सिता बि.क ,गोल्जुङ ८ का मिङसिदार तामाङ , हाकू ८ का पेङदुरी तामाङ रहेका छन ।यस्तै वीर अस्पतालमा ११ जना घाइतेको उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य रहेको छ । काठमाडौंस्थित ग्रिनसिटी अस्पतालमा ११ जना घाइतेको उपचार भइरहेको र उनीहरुको अबस्था सामान्य रहेको घाइतेको उपचारको बारेमा बुझिरहनुभएका सभासद ढकालले बताउनुभयो ।यस्तै त्रिशूली अस्पतालमा ५ जना घाइतेको उपचार भइरहेको ती मध्ये १५ बर्षकी ल्वाङ लामाको अबस्था भने चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले बताएको छ ।बाँकीको जिल्ला अस्पताल रसुवामा उपचार भइरहेको छ ।

घटनास्थलको तस्बिर:

10155989_921113114610829_7635753641995977292_n

12043120_912924722119797_667002617564043146_n

12065869_912920125453590_8161843367395510174_n

12208702_912924532119816_1589582128888165757_n

/;'jf lhNnfsf] /fDr] uflj;–# u|fª le/df cfh ! ah] gf#v %&)^ sf] a; b'3{6gfdf d[To' ePsfx?sf] zj . tl:a/ 1fg]Gb| Gof}kfg, /;'jf, /f;;

कांग्रेस रसुवाद्धारा प्रतिनिधिसभा निर्वाचनमा मोहन आचार्यको नाम शिफारिस

रसुवा असोज १८, नेपाली कांग्रेस रसुवाले अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फ सर्वसम्मत रूपमा ईन्जिनियर मोहन आचार्यको नाम शिफारिस गरिएको ...