रोनाल्डोको विषयमा चलचित्र

२४ कात्तिक – पोर्चुगिज फुटबलर क्रिष्टियानो रोनाल्डोको जीवनीमाथि बनेको चलचित्र रोनाल्डो सार्वजनिक भएको छ । रोनाल्डोको जीवनका विभिन्न पक्ष समेटिएको वृत्तचित्र रोनाल्डोको सोमबार राति बेलायतको लण्डनमा सार्वजनिक प्रदर्शन गरिएको हो ।

Ronaldo-the-film-e1443449140744-1024x516स्पेनिस क्लब रियल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका क्रिष्टियानोको व्यक्तिगत तथा फुटबल करिअरका विभिन्न पक्ष समेटिएको वृत्तचित्र रोनाल्डो एन्थोनी वान्कको निर्देशनमा तयार भएको हो । यनिभर्सल पिक्चर्सले वितरण गरेको चलचित्र एक घण्टा ४२ मिनेट लामो छ । वृत्तचित्रमा रोनाल्डोको सुरुवाती जीवनदेखि व्यावसायीक फुटबलको सफलता, उनको परिवार तथासाथीभाइसँगको सम्बन्ध, हाँसो खुशी तथा उनको जीवनका नमिठा क्षण र आँसु पनि समेटिएको निर्देशक वान्कले बताएका छन् ।

वित्तचित्रमा रोनाल्डोसँगै उनका छोरा, रोनाल्डोकी आमा, भाइ तथा दिदी पनि छन् । वृत्तचित्रको ट्रेलर गएको सेप्टेम्बर २८ मा रिलिज गरिएको थियो । लण्डनको लिसेस्टर स्क्वाएरमा सोमबार राति भएको रोनाल्डो द फिल्मको प्रिमियरका लागि क्रिष्टियानो रोनाल्डो त्यहाँ उपस्थित भएका थिए । प्रिमियर समारोहमा रोनाल्डोको पूर्व क्लब म्यानचेस्टर युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फग्र्युसन पनि उपस्थित थिए । रोनाल्डोले फग्र्युसनलाई आफ्नो फुटबल पिता बताउने गरेका छन् । समारोहमा प्रशिक्षकहरु जोसमोरिन्हो, कार्लोस एन्सिलोटी तथा फुटबलर राडामेल फाल्काओसहित उपस्थित थिए । रोनाल्डो द फिल्म १४ महिना लगाएर छायाँकन गरिएको हो ।

अनेरास्ववियुको अध्यक्षमा लामा विजयी

१० फागुन-नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा नविना लामा विजयी हुनु भएको छ । लामाले अध्यक्षका अर्का उम्मेद्वार दीपक गौतमलाई २१६ मतले हराउनु भयो । ...