ड्याड्डी यू ट्युबमा भाइरल

मंसिर – विश्व चर्चित गङनम स्टाइल गीतका गायक पार्क जी साङ अर्थात पिएसवाईले निकालेको नयाँ गीत ड्याड्डी यू ट्युबमा भाइरल भएको छ ।

दक्षिण कोरियाली पप गायक पिएसवाईले गत सोमबार यू ट्युबमा राखेको ड्याड्डी बोलको गीत अहिलेसम्म १ करोड ३० लाख जनाले हेरिसकेका छन् । गङनम स्टाइलमा जस्तै सुनिने संगीत मार्फत ड्याड्डी गीतमा बालकदेखि बुद्धसम्मको प्रस्तुति देखाइएको छ । सानो बालकका रुपमा देखिने पिएसवाई तन्नेरी र नाच्न माहिर वृद्धसम्मको रुपमा देखिएका छन् ।

create_thumb

झुम्न मिल्ने संगीत र हास्य मिश्रित अभिनयले पिएसवाईको गीत चर्चित बन्ने गरेका छन् । उनले ड्याड्डी सँगै निकालेको नापाल बाजी बोलको गीत पनि ३ दिनमा ३८ लाखले हेरिसकेका छन् ।

नेपाल हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट हुने

काठमाडौं भदौ २५, नेपाल हाइड्रो डेभलपरको आइपीओ शुक्रबार अर्थात भदौ ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश ...