१३ पेट्रोलपम्पबाट १५ करोडको ठगी

२३ मंसिर- मिटर बिगारेर राजधानीका १३ पेट्रोलपम्पले करिब १५ करोड ठगी गरेका छन् । रिमोट तथा चिप प्रयोग गरी डिजिटल मिटर बिगारेर उनीहरूले ठगी गरेका हुन् । महानगरीय अपराध महाशाखाले नेपाल आयल निगमसँग डाटा लिएर गरेको अनुसन्धानमा ती पम्पले १५ करोड २२ लाख रुपैयाँ ठगी गरेको खुलेको हो ।monitoring-of-Petrolpump-at

करिब एक वर्ष अवधिमा पेट्रोलपम्पहरूले कम परिणाम इन्धन बेचेर करिब एक करोड रुपैयाँभन्दा बढी कमाएका हुन् । प्रहरीले चार्टर्ड एकाउन्टेन्टमार्फत आयल निगमको विवरण र पम्पहरूले गरेको ठगीको परिणामको हिसाब निकालेको थियो । सोही आधारमा बिगो दाबी गरी उनीहरूविरुद्ध ठगी मुद्दा चलाइने महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले बताएको छ । अपराध महाशाखाले ६ असोजमा २३ पेट्रोलपम्पमा छापा हानेको थियो ।

तीमध्ये १३ वटामा इन्धनको परिणाम मिटरमा देखाएभन्दा कम वितरण हुने सिस्टम जडान गरेको खुलेको थियो । प्रहरीले सातवटा पम्पका सञ्चालक तथा मिटर बिगार्ने डिजिटल प्रविधि जडान गर्ने पाँचजनालाई पक्राउ गरी थुनामा राखेको छ । भारतीय नागरिकहरू नसिम सिद्दिकी, अयुब आलम, हमिद हुसेन, मोहम्मद अबरार र रौतहटका सेख इम्तिहास पक्राउ परेका हुन् ।

एमालेलाई २४ घण्टाभित्र स्पष्टिकरण पेश गर्न आयोगको निर्देशन

काठमाडौं, मंसिर १३ – निर्वाचन आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिरसहित ‘पार्टीको चुनाव चिह्नमा मतदान गरौँ’ भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र ...