आरोही शेर्पा सम्मानित

२४ मंसिर- सगरमाथा आरोही वाङ्छु शेर्पा सगरमाथा संरक्षण अभियन्ता-२०७२ बाट सम्मानित भएका छन् । सगरमाथा क्षेत्रको बृहत्तर विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै शेर्पालाई उक्त सम्मान प्रदान गरिएको हो ।

 

Wanxu-Sherpa

सानो आन्द्राको क्यान्सर रोगबाट पीडित शेर्पाको ४० दिनदेखि नेपाल क्यान्सर हस्पिटल हरिसिद्धीमा उपचार भैरहेको छ । शेर्पालाई बिहीबार पर्यटन मन्त्रालयद्वारा अस्पतालमा आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले सम्मान गरे ।शेर्पा सगरमाथा क्षेत्र विकास समिति तथा सगरमाथा आरोही संघको संस्थापक अध्यक्ष हुन् । सगरमाथा जोगाऔँ सरसफाई अभियान समितिको अध्यक्ष समेत रहेका उनी अन्य दर्जनौं संघसंस्थामा आवद्ध छन् ।

शेर्पाले तेन्जिङ हिलारी माउन्टेनियरिङ, नेपाल माउन्टेनियरिङ एसोसियसन, इन्डिया माउन्टेनियरिङ एसोसियसन, सगरमाथा समाज सेवा अवार्ड-२०१५ जस्ता तीन दर्जनभन्दा बढी सम्मानहरु पाइसकेका छन् ।

छुल्ठिम र सन्नीको निकटता

नायिका छुल्ठिम गुरुङ चलचित्र ‘नोभेम्बर रेन’बाट आफूले पाएको दर्शकको मायालाई निरन्तरता दिने कोशिशमा छिन् । यसपटक, उनको यो सहयात्रामा नव-नायक सन्नी सिंहले साथ दिएका छन् ...