कांग्रेस वार्तामा आएन

२५ मंसिर- तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँगको वार्तामा प्रमुख विपक्षी नेपाली कांग्रेस अनुपस्थित भएको छ ।

विपक्षीको अनुपस्थितिमा सरकार र मधेसी मोर्चाबीच भएको वार्ता भने विना निष्कर्ष टुङ्गिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, कांग्रेस र मधेसी मोर्चाको वार्ता दिउँसो १ बजे तय गरेका थिए । तर, आफ्नो नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक अघि बढाउन दबाव दिँदै कांग्रेस वार्तामा सहभागी भएन ।

madhesi-morcha-barta

प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस सभापति सुशील कोइरालालाई फोन गरेर वार्तामा आउन आग्रह गरेका थिए ।
तर, कोइरालाले आफू अस्वस्थ्य भएको वताए ।अरु नेताहरुलाई पठाउनुस् भन्दा कोइरालाले तपाईहरु वार्ता गर्नुस् भन्ने जवाफ दिएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

युवाको कुटपिट गरी हत्या

दुप्चेश्वर गाउँपालिकाका एक युवाको कुटपिट गरी हत्या भएको छ । हत्यामा संलग्नलाई पक्राउ गरेको छ । दुप्चेश्वर गाउंपालिका वडा नं. ५ समुन्द्रटार कामचोकमा कुटपिटवाट स्थानीय ...