एमाओवादी अध्यक्ष प्रचण्ड बैंकक प्रस्थान

२२ पुस-एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी सचिव वर्षमान पुनको स्वास्थ्य अवस्था बुझ्न बुधबार थाइल्याण्डको बैंकक प्रस्थान गरेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार विहान पुनकी पत्नी सभामुख ओनसरी घर्तीसँगै बैंकक प्रस्थान गरेका हुन् ।

prachanda-1

पुनको एक महिना अघिदेखि बैंककस्थित समितिभेज अस्पतालमा उपचार भइरहेको छ । जण्डिस रोगले पीडित पुनको स्वास्थ्यमा सुधार नआएपछि उनलाई भारतबाट नेपाल ल्याएर बैंकक लगिएको थियो ।

बैंककमा उपचार भएको एक महिनाभन्दा बढी भइसक्दा पनि अस्पतालले पुनलाई डिस्चार्ज नगरेपछि एमाओवादी अध्यक्ष प्रचण्ड बुधबार सभामुख घर्तीलाई साथै लिएर बैंकक प्रस्थान गरेका हुन् । बैंकक प्रस्थानका क्रममा एमाओवादी अध्यक्ष प्रचण्डले संचारकर्मीलाई कुनै प्रतिक्रिया दिएनन् ।

घेराबन्दीमा रहेका सिरियाली सेना स्वतन्त्र

२५ कात्तिक-सिरियाको उत्तरी क्षेत्रमा बिद्रोही संगठन स्लामिक स्टेट आइएसको घेराबन्दीमा रहेका एक सय भन्दा धेरै सरकारी सेना स्वतन्त्र भएका छन् । एलेप्पो राज्यको क्वेरिस एयरबेसको ...