चेम्बर एक्स्पो सुरु

२३ पुस- राजधानीको भृकुटीमण्डपमा बिहीबारदेखि स्वदेशी तथा विदेशी वस्तुहरुको ‘चेम्बर एक्स्पो’ सुरु भएको छ । पाँच दिनसम्म चल्ने एक्स्पो अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरे ।

नेपाल चेम्बर अफ कमर्शले एक्स्पो आयोजना गरेको हो । एक्स्पोलाई मित्रराष्ट्र दक्षिण कोरियाले साथ दिएको छ । नेपाल र दक्षिण कोरियाबीच दौत्य सम्बन्ध कायम भएको ४२ वर्ष पुगेको उपलक्ष्यमा चेम्बरले कोरियालाई एक्स्पोको साझेदार राष्ट्र बनाएको हो ।एक्स्पोमा २५० स्टलमा एक सय १० राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कम्पनीका बस्तुहरुको पर्दशनी भइरहेको छ । भारत, पाकिस्तान, बङ्गलादेश, चीन, दक्षिण कोरिया तथा अन्य मुलुकमा उत्पादित सामग्रीहरु एक्स्पोमा राखिएको छ ।Chembar-Expo-2072-20

एक्स्पोमा विशेष गरी अटोमोबाइल, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, फ्लोरिङ एण्ड फर्निसिङ तथा घरायसी सजावटका सामग्री समावेश गरिएको छ ।

रसुवाको वनमा भिषण आगलागि

९ चैत्र, रसुवा जिल्लाको हाकु गाविसको वनमा आज लागेको भिषण आगलागि अहिलेसम्म नियन्त्रणमा आएको छैन । आज विहान करिव ९.३० वजेदेखि वनमा आगलागि सुरू भएको ...