सभापतिमा लड्ने सिटौलाको तयारी

२५ पुस- नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला लामो समयदेखि कोइराला परिवारका विश्वासपात्र रहँदै आएका थिए । तर, अब कोइराला परिवारसँग सिटौलाको मोह भंग भएको छ ।

Krishna-Sitaula1

आगामी महाधिवेशनमा सिटौला आफैं सभापतिमा लड्ने तयारीमा लागेका छन् । शनिबार बिराटनगरमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिटौलाले नेपाली कांग्रेसलाई देशको नेतृत्व गर्न सक्ने पार्टी बनाउने हो भने अब नेतृत्व परिवर्तन आवश्यक रहेको बताए ।महामन्त्री सिटौलाले भने- ‘नेपाली कांग्रेसलाई मुलुकको नेतृत्वदायी पार्टी बनाउन नेतृत्व परिर्वतन आवश्य छ महाधिवेशनपछि कांग्रेस नयाँ कार्यदिशा र योजनासहित अगाडि बढ्न उनले दाबीसमेत गरे ।

महाधिवेशनमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेलले सभापतिका लागि दाबा गरिरहेका बेला पत्रकारहरुले सिटौलालाई सोधेका थिए, तपाई यसपटक कुन पदमा उमेद्वार बन्नुहुन्छ रु जवाफमा सिटौलाले अहिले कुनै निर्णय नलिइसकेको बताए ।महामन्त्री सिटौलाले १३ औं महाधिवेशनमा आफुले कुन पदमा उठ्ने भन्ने तय गरिनसकेको भन्दै आफ्नो भित्री इच्छालाई लुकाउने प्रयास गरे पनि आफू निकटस्थसँग कांग्रेसलाई बचाउने भए आफूलाई सघाउन आग्रह गर्न थालेको स्रोत बताउँछ ।

नुवाकोटमा खोलाले बगाएर एकको मृत्यु

नुवाकोट भदौ २५, त्रिशुली नदिमा शनिबार पौडी खेल्ने क्रममा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा क्रममा जाजरकोट दारेकोट गाँउपालिका–४ घर भएका ...