मयुरलाई हानिकारक जीवमा राख्ने प्रस्ताव

१ फागुन– भारतको गोवा राज्यले देशको राष्ट्रिय पक्षी मयुरलाई हानिकारक जीवमा राख्ने प्रस्ताव गरेको छ । गोाका कृषि मन्त्री रमेश तवाडकरले मयुरले किसानले लगाएको खेतीमा नोक्सान गर्ने भएकाले यसलाई हानिकारक जीवको श्रेणीमा राखेर संख्या कम गर्ने प्रस्ताव गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।beautiful-peacock-bird-pictures-dowload

यो योजना अन्तर्गत बाँदर, जंगली बँदेल तथा अर्ना भैँसीलाई पनि हानिकार जीवको सूचीमा राखेर उनीहरुको संख्या कम गरिने छ । गोवामा जंगल कम हुँदै गएपछि बासस्थानको अभावमा जंगली जनावरले मानववस्तीमा प्रवेश गरेर नोक्शान गर्ने गरेका छन् । मयुर तथा अरु जनावरले गरेको क्षतिको आँकलन गर्न कमिटी बनाइएको थियो । किसानले मयुरले आफ्नो खेतीमा असर गरेको बताएको कृषि मन्त्री तवाडकरले बताउनुभएको छ । मयुर अहिले भारतको वन्यजन्तु संरक्षण कानुन १९७२ अनुसार संरक्षित पक्षीको सूचीमा छ । मन्त्री तवाडकरले मयुर संरक्षित पक्षीको सूचीमा छ भन्ने आफूलाई जानकारी रहेको तर यसलाई सरकारले हानिकार जीवको सूचीमा राख्नु पर्ने माग रहेको उहाँको भनाई छ ।

जनावरको अधिकारको पक्षमा काम गर्ने संघसंस्थाले भने गोवा सरकारको यो योजनाको विरोध गरेका छन् । गोवा सरकारले गएको महिना नरिवललाई रुखको हटाएर विवाद सृजना गरेको थियो । नरिवल यस अघि नरिवल संरक्षित रुखको सूचीमा थियो ।

‘मन्दिरको देउता’ पुकार्दै हेमन्त शर्मा

नेपाली सांगीतिक क्षेत्रका चर्चित गायक हुन् हेमन्त शर्मा । हेमन्त मिठो बोली र सुन्दर ब्यक्तित्वका धनी हेमन्त दर्शकश्रोताहरुको रुचाईएका गायकमध्ये एक हुन् । उनै गायक ...