विजुली बेच्दा भन्सार नलाग्ने

६ फागुन- नेपालले आगामी दिन भारतमा निर्यात गर्ने विद्युतमा भन्सार शुल्क नलाग्ने भएको छ । भारतीय लगानीकर्ता आकषिर्त गर्ने उद्देश्यसहित प्रधानमन्त्री केपी ओली भारत जानु अघिल्लो दिन भारतले यस्तो निर्णय गरेको हो ।

Transmission-line

भारतको केन्द्रीय भन्सार बोर्डले नेपाल र भुटानबाट आयात हुने विजुलीमा शून्य भन्सार कायम गरिएको सूचना निकालेको छ । हाल प्रति १ हजार युनिट विद्युतको ४० देखि १०० भारतीय रुपैयाँ भन्सार शूल्क लाग्छ ।हाल भारतबाट भुटानबाट १ हजार ५ सय मेगावाट विद्युत खरिद गरिरहेको छ । र, यो २०२२ सम्ममा यो ८ हजार मेगावाट पुग्ने अनुमान गरिएको छ ।

नेपालले भने अहिले भारतबाट विद्युत किनिरहेको छ । तर, २०२२ सम्ममा नेपालबाट पनि विद्युत आयात गर्न सकिने भारतको अनुमान छ । भारतीय कम्पनी जीएमआरले नेपालको ९०० मेगावाटको माथिल्लो कर्णाली र ९०० मेगावाट उत्पादन क्षमताकै अरुण तेस्रो निर्माण गर्ने जिम्मा पाएको छ । यी आयोजनाबाट उत्पादित विद्युत भारत निर्यात गर्ने उद्देश्यले नै भारतीय कम्पनीले निर्माण गर्न लागेका हुन् । यसबाहेक अन्य आयोजनाहरूमा पनि भारतीयहरूको लगानी छ ।