हावाहुरी अति प्रभावितलाई तत्काल त्रिपाल वितरण गरिने

चैत १०, हावाहुरी अति प्रभावित गाविसमा जिल्ला विकास समितिमा मौजदात रहेको त्रिपाल र टेण्ट तत्काल वितरण गर्नका लागि जिल्ला दैवि प्रकोप उद्धार समितिले निर्देशन दिएको छ ।

हाकुमा हिजोदेखि लागेको आगलागि र आज विहानदेखि तिव्र गतिमा चलेको हावाहरीको विषयमा छलफल गर्न बसेको समितिको आपतकालिन बैठकले सो निर्णय गरेको हो । त्रिपाल तथा टेन्ट अपुग रहेकोले ५ सय थान पाल र १ हजार वण्डल जस्तापाता केन्द्रिय दैवि प्रकोप उद्धार समिति समक्ष माग गर्ने निर्णय भएको छ । अहिलेको समयमा भने हावाको गति कम हुदै गएको छ । आज विहान ७ वजेदेखि तिब्र गतिमा हावाहुरी चलेपछि उत्तर भेगिय गाविसको जनजिवन प्रभावित भएको हो ।

सदरमुकाम धुन्चे लगायतका स्याफ्रु गोल्जुङ, गत्लाङ, चिलिमे लगायतका गाविसका सर्वसाधारण सामान्य रूपमा वाहिर निस्कन थालेका छन । भने नेपाली सेनाको नारायण दल गण, शसस्त्र प्रहरी वल तथा नेपाल प्रहरीको टोली प्रभावित स्थानमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारीले वताउनुभयो ।

Rasuwa 1

जिल्ला दैवि प्रकोप उद्धार समिति रसुवाका अनुसार स्याफ्रु गाविस स्थित प्रेम तामाङको घरमा आगलागि हुदा घर पुर्ण रूपमा जलेर नष्ट भएको छ । घर जल्दा करिव ३ लाख ५० हजार वरावरको क्षति भएको छ । हावाहुरीका कारण धुन्चेमा ५ ओटा, थुमनमा २७ ओटा घर पुर्ण क्षति भएको छ । धुन्चेमा २० ओटा, स्याफ्रुमा ४० ओटा, गत्लाङमा १३ ओटा, गोल्जुङमा ३ ओटा, चिलिमेमा ४ ओटा घरको जस्तापाता तथा टेन्ट उडाएको छ । हावाहुरीले प्रभावित गाविसमा रहेका विभिन्न ७ ओटा विद्यालयमा धेरथोर क्षति गरेको छ । जिल्लामा रहेका सरकारी कार्यलयमध्ये १० भन्दा बढि कार्यलयमा क्षति भएको छ ।

हावाहुरीका कारण विभिन्न स्थानमा वितरण लाइनका काठका पोलहरू भाचिनुका साथै तारहरू चुडिएर यत्रतत्र भएपछि विहानैदेखि विद्युत सेवा अवरूद्ध भएको छ । गत्लाङ र गोल्जुङ लगायतका गाविसमा तत्काल विद्युत सेवा सुचारू गर्न सकिने अवस्था नरहेको र सदरमुकाम लगायतका क्षेत्रमा भने वेलुकीसम्ममा सुचारू गर्न प्रयास भैरहेको नेपाल विद्युत प्राधिकरण शाखा धुन्चेले जनाएको छ ।

rasuwa 2

अप्टिकल छिनेपछि नेपाल टेलिकमले वितरण गरेको ल्याण्डलाईन सेवा अवरूद्ध भएको छ । विशेषगरी रसुवागढि नाकामा सञ्चालनमा रहेका ४२ ओटा ल्याण्डलाइन पुर्ण अवरूद्ध भएको शाखा प्रवन्धक तोयानाथ रिजालले वताउनुभयो । धुन्चे, स्याफ्रुका ग्राहकको टेलिफोन तार छिनेको रिजालको भनाई छ ।

रसुवामा विकास प्रेमी आचार्यलाई टिकट दिएसँगै थपियो काँग्रेसको जनलहर

रसुवा कार्तिक ७, आगामी मंसिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मनोनयनका क्रममा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेस रसुवाले विकासप्रेमी बौद्धिक व्यक्तित्व ईन्जिनियर मोहन ...