त्रिशुली थ्री ए को निर्माण कार्य अझै अघि बढेन

२३ चैत, रसुवा । एक वर्ष अघि वैशाखमा आएको शक्तिशाली भुकम्पका कारण नुवाकोट र रसुवाको सिमानामा निर्माणाधिन त्रिशुली थ्री ए जलविद्युत आयोजनाको निर्माण कार्य अझै अघि बढ्न सकेको छैन ।

चिनिया ऐक्जिम् बैंकको सहुलियतपूर्ण ऋण सहयोगमा झण्डै ८ अर्वको लागानीमा निर्माणाधिन ६० मेघावाट क्षमताको माथिल्लो त्रिशुली थ्री ए विद्युत आयोजना निर्माणस्थल आसपास तथा पहुचमार्ग लगायत कार्यालय र आवाशिय क्षेत्रमा भूकम्पसंगै चलेको पहिरोका कारण क्षती पुगेपछि निर्माण कार्य ठप्प भएको हो ।

g'jfsf]6 / /;'jfd lgdf{0f eO{/x]sf] dflyNnf] lqz"nL y|L P sf] /;'jfsf] ;Nn]6f/l:yt afFw:yn . afFwsf] sfd %) k|ltzt ;lsPsf] 5  . 7]s]bf/ sDkgLn] zlgaf/ afFwdf kfgL k|j]z u/fPsf] 5 .  t:jL/M gjbLk >]i7÷/f;;

निर्माण कम्पनिद्धारा भूकम्पका कारण पुगेको क्षतीको लगत संकलन लगायत कर्मचारीको सुरक्षा तथा सम्भावित जोखिम् सम्बन्धि अपनाईनुपर्ने आफ्नै किसिमको मापदण्ड रहेकोले परियोजनामा कार्यरत चिनिया तथा नेपाली मजदुरहरु हालसम्म नफर्केका कारण निर्माण कार्य अझै अघि बढ्न नसकेको हो ।

नेपाल विद्युत प्राधिकरण र नेपाल सरकारको लगानीमा निर्माणाधिन सो आयोजना चिनिया गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसि) ले निर्माण गरिरहेको छ । २०१६ को मे भित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने आयोजना भुकम्प, क्षमता विस्तार र स्थानीयको अवरोधका कारण प्रभावित हुँदै आएको छ ।

परीक्षा ‘फि’ नतिर्दा सुर्खेतका २ सय ८० विद्यार्थी एसइइ परीक्षा दिनबाट बञ्चित

  सुर्खेतमा यस वर्षको एसइइ परीक्षामा दुई सय ८० विद्यार्थीहरुले परीक्षा दिन नपाउने भएका छन् । जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले विद्यालयमा अनुपस्थित र परीक्षा ...