चलचित्र वडा नं. ६ युट्युबमा (भिडियो)।

बहु चर्चित नेपाली हास्य कलाकारहरू दीपक राज गिरी, दिपा श्री निरौला तथा निर्मल शर्माले निर्माण गरेको नेपाली हास्य चलचित्र वडा नं ६ युट्युवमा सार्वजनिक भएको छ । मंगलबार अबेर युट्युवमा राखिएको चलचित्रलाई यो समाचार बनाउदा सम्म युट्युबमा ७७५० भन्दा बढीले हेरिसकेका छन् ।

Wada Number 6

उक्त चलचित्रका अन्य हास्य कलाकारहरुमा राजाराम पौड्याल, जितु नेपाल, केदार घिमिरे, सिताराम कट्टेल, दयाहाङ राई छन् भने नायिका प्रियंका कार्की, अनुरागमान सिंह कुँवर, सन्दिप क्षेत्री, अरुणा कार्की लगायत कलाकारको संवाद सहितको रमाइलो दृश्य समावेश छ । दिपाश्री निरौलाको फिल्ममा विशेष भूमिका रहेको उक्त चलचित्रको निर्देशन उज्जव घिमिरेले गरेका छन् । वडा नं ६ गएको असोज १ गते प्रदर्शनमा आएको थियो ।
हेरौ वडा नं. छ पुरा चलचित्र ।

राष्ट्रिय मानव अधिकार आयोगको टोलीद्वारा अनुगमन

कञ्चनपुर, २० मंसिर प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनको राष्ट्रिय मानव अधिकारको निर्वाचन पर्यवेक्षक टोलीले आज कञ्चनपुरमा अनुगमन गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका आयुक्त सुदीप ...