सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन

जेठ ५ । रसुवाको ठूलो स्याफ्रुमा मंगलबार सानोभार्खु–ब्राबल–ठूलोस्याफ्रु कृषि सडक उदघाटन भएको छ ।

Syapru Sadak
स्याफ्रु गा.वि.स. वडा नं ३ स्थित भएको उदघाटन समारोहमा प्रमुख अतिथि सांसद जर्नादन ढकाल र विशिष्ट अतिथि छेवाङ तेन्जिङ लामाले संयुक्त उदघाटन गर्नु भएको हो । कार्यक्रम सञ्चालन स्थानिय बासी तथा ने.क.पा. एमाले जिल्ला कमिटी रसुवाका अध्यक्ष कर्णेल लामाले गर्नुभएको हो । बिगत २२ बर्षदेखी ठुलो स्याफ्रुमा सडक पु¥याउने प्रयास भईरहेकोमा आज आएर सफल भएको लामाले बताउनुभएको छ ।

Syapru Sadak 1

जिल्ला बिकास समिती रसुवा, संसद बिकास कोष रसुवा र स्थानियको प्रयासमा करिव १ करोडको लगानीमा ९.६ किलोमिटर कृषि सडक निमार्ण सम्पन्न भएको हो । ठुलो स्याफ्रु गाउँको अलि परसम्म त सडक आईपुग्यो तर गाउँसम्म सडक ल्याउन बजेटको अभाव भएको छ । गाउँसम्म सडक पुर्याउनको लागी स्थानिय बासीले थप बजेटको माग समेत गरेका छन् । सधैँभरी भारी बोकेर घण्टौ लगाएर स्याफ्रुबेसी झर्नुपर्ने बाध्यताको अन्त्य भएको देखेर स्थानिय निकै हर्षित छन् ।

Syapru Sadak 3
सडक निमार्ण गर्दा ब्यक्तिगत र संस्थागत रुपमा आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई स्थानियले प्रंशसा पत्रसहित खादा ओढाई सम्मान गरेका थिए । उक्त समारोहमा प्रमुख जिल्ला अधिकारी, स्थानिय बिकास अधिकारी र सांसद द्धयले आ–आफ्नो भनाईहरु राखेका थिए । प्रमुख अतिथी जनार्दन ढकालले स्थानियहरुको प्रशंसा गर्दै बिकास निमार्णमा पारदर्शिता रहेको र स्थानियहरुको  माग सम्बोधन गर्दै पोहोरसाल प्रिज भएको बजेट पुनः यसपाली आएको र त्यहि कृषि सडकको लागी खर्चिने बताउनुभयो । त्यस्तै उहाँले ठुलोस्याफ्रुबासीमा खुसीमा रमाउँदै अव छिट्टै कृषि सडक पक्की सडकमा परिणत गराउने बाचा समेत गर्नुभयो ।

Syapru Sadak 2

स्वस्तिक छाप ठूलो भएको भन्दै पोखराको मतगणना स्थगित

पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १७ को मतगणना स्थगित भएको छ । जारी मतगणना क्रममा केही मतपत्रमा लगाइएको स्वस्तिक छाप केही ठूलो भएको भन्दै उत्पन्न ...