प्रथम टान लाङटाङ गोसाईकुण्ड हाप म्याराथुनमा नेपाल आर्मीका भरत खत्री र रेडियो लाङटाङकी फुलमाया स्याङ्वा प्रथम

 जेठ १६, रसुवा । प्रथम टान लाङटाङ गोसाईकुण्ड हाप म्याराथुनमा भरत खत्री र फुलमाया स्याङ्वा प्रथम भएका छन् ।

आईतबार बिहान गोसाईकुण्डदेखी धुन्चेसम्मको २१ किलोमिटर हाफ म्याराथुनमा पुरुषतर्फ नेपाल आर्मीका भरत खत्रीले १ घण्टा २२ मिनेट ५५ सेकेण्डमा पुरा गरेर प्रथम हुनुभएको छ । दोश्रो हुने नेपाल आर्मीकै होमलाल श्रेष्ठले १ घण्टा २३ मिनेट ३५ सेकेण्डमा र तेश्रो हुने गोबिन्द प्रसाद अधिकारीले १ घण्टा २३ मिनेट ४६ सेकेण्डमा उक्त दुरी पुरा गर्नुभयो ।

First Taan Langtang Half Marathoon

यस्तै महिलातर्फको हाफ म्याराथुनमा रेडियो लाङटाङमा कार्यरत फुलमाया स्याङ्वाले २ घण्टा ७ मिनेट २६ सेकेण्डमा २१ किलोमिटर दुरी पार गरेर प्रथम हुनुभएको छ । दोश्रो हुने कमला तामाङले २ घण्टा १८ मिनेट ५३ सेकेण्ड र  बिन्दा बि.क. ले २ घण्टा २१ मिनेट १७ सेकेण्डमा उक्त दुरी पार गरी तेश्रो हुनुभएको छ । प्रथम, दोश्रो र तेश्रो हुने महिला र पुरुषले क्रमश रु ५०,००० मेडल र सर्टिफिकेट, रु ३०,००० मेडल र सर्टिफिकेट, र रु २०,००० मेडल र सर्टिफिकेट पुरस्कार स्वरुप प्राप्त गरेका छन् । २३ महिला र ८० पुरुष सहभागी प्रतियोगितामा २ बिदेशी महिला र १ बिदेशी पुरुषको पनि सहभागिता रहेको थियो ।

ट्रेकिंग एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले आफ्नो स्थापना दिबसको अबसरमा आयोजना भएको प्रतियोगिता बिहान ८ बजेबाट सुरु गर्ने भनिएकामा हिउँ पर्ने संभावनाका कारण ७ः५५ मा नै सुरु भएको थियो ।

राप्रपा फुट्यो, पशुपति शम्शेरले खोले नयाँ दल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुटेको छ । पशुपतिशम्शेर राणा सहितका नेताहरुले आइतबार नयाँ पार्टी गठन गरेका हुन् । राणाको नेतृत्वमा नयाँ दल ...