‘प्रेम गीत २’ मा अर्चना पनेरु खेल्ने हल्लापछि निर्माताले पोखे आक्रोश

केही दिन अगाडी ‘प्रेम गीत’ का निर्माता सन्तोष सेनले आफ्नो फेसबुकमा आक्रोशपूर्ण स्टाटस पोस्ट गरेका थिए । ‘प्रेम गीत २’ निर्माणको तयारीमा रहेका निर्माता सेनले किन लेखे त फेसबुकमा आक्रोशपूर्ण स्टाटस ? उनले मज्जाको अनलाईनसँग यसको रहस्य खोलेका छन् ।

निर्माता सेनका अनुसार उनले निर्माण गर्ने आगामी फिल्मलाई लिएर केही व्यक्तिले भ्रमपूर्ण हल्लाहरु फैलाए । ‘मैंले बनाउने फिल्ममा अर्चना पनेरु हिरोइन र राजु गिरी निर्देशक भन्ने हल्ला फैलाइएछ, जुन कुरा असत्य हो ।’ उनको स्टाटस पढ्नुस् ।

बजारमा आएका सस्ता हल्लाहरुलाई विश्वास नगर्न भन्दै निर्माता सेनले ‘प्रेम गीत २’ मा सक्षम व्यक्तिहरुको प्रवेश हुने बताए । पचास प्रतिशत छायाँकन विदेशी भूमिमा हुने फिल्ममा ‘प्रेम गीत’ का प्रदीप खड्का भने दोहोरिनेछन् । छायाँकन केही महिनापछि सुरु हुनेछ ।

जनता बैंकको बचतमा ८ प्रतिशत ब्याजदर

१४ बैशाख, काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले सर्वसाधारण बचतकर्ताहरुको बचतलाई प्रोत्साहित गर्न उच्च ब्याजदर दिनेगरि गौतम बुद्ध बचत खाता नामक नयाँ निक्षेप खाता सञ्चालनमा ...