संसदमा सशक्तरुपमा प्रस्तुत हुने कांग्रेसको तयारी

३२ जेठ, काठमाडौं । सरकारले पुनर्निर्माणको काममा ढिलाई गरेको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा सशक्तरुपमा आवाज उठाउने तयारी गरेको छ ।

संसदमा कसरी प्रस्तुत हुने भनेर छलफल गर्न कांग्रेसले मंगलबार भूकम्प प्रभावित जिल्लाका सांसद र जिल्ला सभापतिहरुको संयुक्त बैठक आह्वान गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले मंगलबार विहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरेको देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिए ।

भूकम्प प्रभावित क्षेत्रमा सरकार तथा पुनर्निर्माण प्राधिकरणले हालसम्म गरेका वा नगरेका कामकाजका बारेमा छलफल गरी संसदमा प्रभावकारी रुपमा आवाज उठाउने उद्देश्यले बैठक आह्वान गरिएको जोशीको भनाइ छ ।

धनगढीबासीलाई प्रचण्डको आश्वासनः माओवादीलाई भोट दिए महानगर बनाउँछु

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि केही फुर्सदिला बनेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अहिले पार्टी उम्मेदवारलाई भोट माग्न देश दौडाहामा छन् । नेपालगञ्ज हुँदै धनगढी पुगेका प्रचण्डले धनगढीबासीलाई ...