पासाङ ल्हामु राजमार्गको व्यवस्थापन तिव्र

जेठ ३२, रसुवा । वर्षायाम सुरु भए लगतै पासाङ ल्हामु राजमार्गका सम्भावित क्षति न्यूनिकरण गर्न ठाउँठाउँमा टेवा पर्खाल लगाउने र सडक फराकिलो बनाउने कार्य तिव्र रुपमा आगाडी बढेको छ ।

नेपाल–चिन केरुङको व्यापारिक प्रमुख मार्ग व्यवस्थित गर्न गल्छी त्रिशुली धुन्चे र रसुवागढी क्षेत्रमा आफ्नो सम्पूर्ण प्राविधिक जनशक्ति पासाङ ल्हामु मार्ग व्यवस्थापन गर्न केन्द्रित भैसकेकोले, वर्षा याममा सबै खाले सवारी साधन निर्वाद रुपमा सञ्चालन गराउने अठोट लिइएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख रोहित कुमार विसुरालले बताउनुभयो ।

Pasang Lhmu Highway Ramche Landslide

२०७२ को भुकम्पले पृथ्वीका धेरै भाग फुटेका छन् । गतसालमा वर्षा खासै भएन यसवर्ष कतिको वर्षा होला सम्भावित पहिरोलाई दृष्टिगत गरी पूर्व तयारीका लागि नुवाकोट जिल्लामा दुई ओटा र रसुवा जिल्लामा तीन ओटा डोजर उपकरण तयारी अवस्थामा गरिसकेको बताउँदै प्रमुख विसुरालले विषम परिस्थितीले केही समयका लागि वन्द भए पनि तुरुन्तै पहिरो पन्छाई सवारी आवागमन सुचारु गरेरै छाड्ने जानकारी दिनुभयो ।

उता स्थानीय प्रशासनले भने नेपाल चिनको केरुङ नाका सञ्चालन गराउन सडक कार्यालयको अलावा सुरक्षा निकाय समेत परिचालन गराउने तयारी भईरहेको सहायक प्रमुख जिल्ला अधिकारी दिपक के.सी. ले बताउनुभयो ।

राजमार्ग सुचारु गर्न स्थानीय प्रशासनले गरेको एकिकृत प्रयास सराहनिय भएको बताउँदै रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले यस वर्षको वर्षामा निर्वाद रुपले मालवाहक कन्टेनर चल्ने संकेत देखापरिसकेको जानकारी दिनु भएको छ ।

नेपालमा सामान पठाउन विगत लामो समय देखि क्रियाशिल चिनियाँ ढुवानी कम्पनीका प्रवन्धक ज्याङसेपिङले भने सिगात्छे सम्म रेलबाट आएको सामानका डिब्बा टेलरको सहायताले सिधै केरुङ पुग्ने र यथेष्ट सामाग्री केरुङमा भण्डारण भईसकेको बताउनुभएको छ ।