गठन गरेको १७ वर्ष पछि २१ समितिले पाए विधान ।

१ असार, रसुवा ।  गठन भएको १७ वर्ष पछि लाङटाङ राष्ट्रिय निकुञ्जले २१ ओटा मध्यवर्ती क्षेत्र उपभोक्ता समितिलाई मंगलबार विधान उपलव्ध गराएको छ ।

समिति निमार्ण गरिएको अवस्थामा नै विद्यान वनाएर उपलव्ध गराउन पर्ने व्यवस्था भएपनि निकुञ्जले १७ वर्ष वितिसक्दा समेत समितिलाई विधान उपलव्ध गराउन सकेको थिएन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली २०५२ र मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका २०५६ मा निकुञ्जबाट विधान तथा कार्ययोजना निमार्ण गरेर समितिलाई उपलव्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

langtang_region_map

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरीभद्र आचार्यका अनुसार विधान नहुदा समिति पुर्नगठन गर्न, स्विकृत वार्षिक संरक्षणका कार्यक्रम सञ्चालन गर्न तथा सञ्चालन गरिएका कार्यक्रम समुदायले विश्वास नगर्ने समस्या देखिने गरेको थियो । ‘पाँच पाँच वर्षमा समितिको पुर्नगठन गर्दा घरधुरी एकिन गर्न नसक्दा पुर्नगठन विवादमा पर्ने गरेको थियो अव यो समस्या हट्नेमा विश्वास लिएको छु’ आचार्यले भन्नुभयो । विधानमा एकिन घरधुरी उल्लेख हुने हुदा समस्या समाधान हुने निकुञ्जले विश्वास लिएको छ । २०५५ सालमा गठन गरिएका समितिको विधान त्यतिवेला नै वन्न पर्नेमा विविध समस्याका कारण निमार्ण हुन नसकेको आचार्यले तर्क गर्नुभयो ।

विधान निमार्ण गरेर समितिलाई उपलव्ध गराएसँगै सस्थाको नियमित कार्य सञ्चालनमा सहज हुने, सस्थागत विकास हुने तथा आम नागारिकले विश्वास गर्ने निकुञ्जले जनाएको छ । रसुवा, नुवाकोट र सिन्धुपाल्चोक फैलिएको निकुञ्जले २१ ओटा उपभोक्ता समिति गठन गरेको छ ।

चलचित्र वडा नं. ६ युट्युबमा (भिडियो)।

बहु चर्चित नेपाली हास्य कलाकारहरू दीपक राज गिरी, दिपा श्री निरौला तथा निर्मल शर्माले निर्माण गरेको नेपाली हास्य चलचित्र वडा नं ६ युट्युवमा सार्वजनिक भएको ...