रेडपाण्डाको छालासहित दुई पक्राउ

४ असार, रसुवा । प्रहरीले संरक्षित बन्यजन्तु दुर्लभ हाब्रे (रेडपाण्डा)को छालासहित  हिमाली रसुवाबाट दुई युवालाई पक्राउ परेको छ । लाङटाङ राष्ट्रिय निकुन्ज र आसपासका जंगलवाट कारण रसुवामा वन्यजन्तुको तस्करी हुदै आएको स्थानीयवासी वताउंछन् ।

संरक्षित वन्यजन्तुहरुको आखेटोपहार बिक्री बितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो र जिल्ला प्रहरी कार्यालय रसुवाबाट संयुक्त प्रहरी टोली खटिएको थियो । पक्राउ पर्नेहरुमा रसुवाको राम्चे गाविस वडा नं.  ५ बस्ने २४ वर्षीय रामकृष्ण वाइवा र सोही ठाउँका १९ वर्षीय सुजन तामाङ छन् ।

red-panda-ko-chhala

उनीहरुलाई रसुवाको दक्षिणी भेगमा रहेको धैबुङ गाविस वडा नं. ५ कालिकास्थानबाट रेडपाण्डाको एक थान छालासहित पक्राउ गरेको रसुवा प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध गरेकाले सोही अनुसार कारबाही प्रक्रिया अघि बढाउन जिल्ला वन कार्यालय रसुवाको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

अपहरीत बालिकाको सकुशल उद्धार

धादिङ, २२ भदौ, पोखराको चिप्लेढुङ्गाबाट अपरीत बालिकाको सकुशल उद्धार प्रहरीले उद्धार गरेको छ । धादिङस्थित पृथ्वीराजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका खेस्टेबाट दुई वर्षीया बालिकालाई उद्धार गरिएको ...