सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय

२८ असार, काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । यससँगै ओली सरकार संकटमा गरेको छ । माओवादी अध्यक्ष प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका हुन् । स्रोतका अनुसार प्रचण्डले ‘मैले (सरकारलाई दिएको समर्थन फिर्ता लिने) निर्णय गरेँ’ भनेर पार्टीका नेताहरुले सन्देश पठाएका छन् । र, पार्टीका संसदीय दलका सचेतक हितराज पाण्डे र जनार्दन शर्माले प्रधानमन्त्री ओलीलाई समर्थन फिर्ता लिएको पत्र बुझाएका छन् ।

पत्रमा प्रचण्डले पठाएको पत्रमा नौबुादे सहमति र तीनबुादे भद्र सहमति कार्यान्वयन नभएको आरोप लगाइएको छ । ‘अब यो सरकारमा रहरहन राजनीतिक रुपमा उपयुक्त नहुने भएकाले अहिलेदेखि नै वर्तमान एमाले नेतृवको सरकारबाट पार्टीको समर्थन फिर्ता लिएका छौं’ पत्रमा भनिएको छ ।

Oli_Prachand-Breakup

पत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले नयाँ सरकार गठनका लागि शुभकामना दिएका छन् । वनमन्त्री अग्नि सापकोटाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको पुष्टि गरे । माओवादी केन्द्रका नेताद्वय पाण्डे र शर्माले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषय राष्ट्रपति विद्या भण्डारीलाई पनि जानकारी गराएका छन् । यस्तै महासचिव कृष्णबहादुर महाराले सभामुख ओनसरी घर्ती मगरलाई जानकारी गराएका छन् ।

सिंहदरबारमा पत्रकार सम्मेलन

यसैवीच सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयलाई औपचारिकरुपमा सार्वजनिक गर्न माओवादीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्ने भएको छ । सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा मंगलबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

साभारः अनलाईनखवर

ठोरी– रसुवागढी लोक मार्ग निर्माण अभियान

७ पुस-पर्साको ठोरीदेखि रसुवागढी हुँदै केरुङ नाकाको व्यवसायिक विस्तारका लागि चितवनका सरोकारवालाहरुले दवाव अभियान सञ्चालन गरेका छन् । दवाव अभियान अन्र्तगत आज मंगलवार बिहान ठोरीबाट ...