औषधिको पत्ताको बाहिर किन खाली ठाउँ हुन्छ ?

कुनैपनि बस्तु वा चिज हामी दिनदिनै देख्छौ तर त्यसभित्रका अचम्मका कुराहरुमा ध्यान दिन सकिरहेका हुदैनौँ । आजभोली प्रत्येक मानिसलाई केहि न केहि दुःख वा पिडाले औषधी खानुपर्छ । तर एकदमै कम मानिसले मात्र सोचेका हुन्छन् कि औषधीको पत्तामा खाली ठाउँ किन हुन्छ भनेर ।
Medicine
आउनुहोस् आज हामी औषधिको पत्तामा खाली ठाउँ किन हुन्छ भन्ने बारेमा बुझौँ ।
आफ्नो दिमागलाई कहिल्यै यो कुरामा लगाउनुभएको छ कि औषधिको पत्तामा खाली ठाउँ कुन खुसीमा राखिन्छ । कहिलेकाँहि त तपाईलाई लाग्दो हो की जब यो खाली ठाउँमा औषधि हुदैँन भने किन यसलाई बनाईन्छ होला ? यसको पछाडी के कारण होला ।
कयौँपटक त यस्तो पनि हुन्छ कि ट्याबलेटको पुरै पत्तामा एउटामा मात्र गोली औषधि हुन्छ । यस्तैमा पत्ताको पछाडी प्रिन्ट गर्ने जानकारी( मिती, कम्पनीको नाम, एक्पाईरी डेट आदी) छाप्नको लागी खाली ठाउँको जरुरत पर्छ । यसको लागी नै खाली ठाउँ बनाईएको हुन्छ ।
यो खाली ठाउँको सम्बन्ध पनि औषधीको ट्यावलेटसँग जोडिएको हुन्छ । किनकी यसको मद्धतले औषधि एक आपसमा जोडिन पाउँदैन र केमिकल रिएक्सन हुनुको खतरा पनि कम हुन्छ । यदि औषधिको केमिकल रिएक्सन भएमा त्यो औषधीले कुनै पनि काम नै गर्दैन । त्यसो त उक्त पत्ताको औषधी खाएता पनि त्यसले कुनै पनि असर गर्दैन । यसको साथसाथै, औषधिलाई खरावहुनबाट बचाउनको लागी र हामीले औषधीको सहि डोज लिन सकौँ भन्ने कारणले खाली ठाउँ बनाईएको हुन्छ ।
–एजेन्सी

रसुवामा युवालाई अनुशासित वनाउन सय दिनको जुनियर डिभिजन तालिम

रसुवामा रहेका युवालाई अनुशासित, बफादार, इमान्दार र जवाफदेहि वनाउनका लागि जुनियर डिभिजन तालिम सुरु भएको छ । राष्ट्रिय सेवा दलले आइतबारदेखि सुरु गरेको सय दिने ...