नुवाकोटका यस वर्ष शतप्रतिशत रोपाई नहुने

१ साउन, नुवाकोट । गत वर्षको विनासकारी भुकम्पले अधिकांश सिंचाई आयोजनाको संरचना भत्काएको र पर्याप्त पानी नभएका कारण अन्नभण्डारको रुपमा रहेको नुवाकोटका यस वर्ष शतप्रतिशत रोपाई नहुने भएको छ  । पानी नहुंदा धान रोपिने अधिकांश टारी फांट वांझै रहेका छन् ।

गत वर्ष ६० प्रतिशत धान रोपिसकिने नुवाकोटका फांटहरुमा यस वर्ष साउन लाग्दासमेत ५३ प्रतिशत मात्र धान रोपाई भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । यस वर्ष नुवाकोटमा विविध कारणले साउनको दोश्रो सातासम्म कुल धान रोपिने भुभागको ९० प्रतिशत मात्र रोपाई हुने कार्यालयका प्रमुख कमल गैरेले जानकारी दिए ।

एक विदुर नगरपालिका र ६१ गाविस रहेको नुवाकोटमा असारे धान १५ हजार हेक्टर क्षेत्रफमा रोपिने गरेको छ । यस वर्ष भुकम्प र पर्याप्त सिंचाई सुविधा नभएका कारण कम रोपाई हुने भएको छ ।

ROPAI

गत वर्ष रोपिई सकिने धानको पकेट क्षेत्र विदुर नगरपालिकामा रहेका विभिन्न फांटका साथै थानसिह, चौघडा, खानीगाउं, तुप्चे, रातमाटे, कविलास, भद्रुटारलगायतका तीन दर्जन गाविसमा असारे धान रोपिदै आएको छ । नुवाकोटमा सावित्री, राधा ४, खुमल ४, मकवानपुरे, स्थानीय जातका साथै हाइव्रिड धान रोपिदै आएको कृषि विकास कार्यालयका प्रमुख कमल गैरेले जानकारी दिए ।

सदरमुकाम विदुरदेखि १५ किलोमिटर दुरीको पुर्वमा रहेको जिलिङका कृष्णप्रसाद दाहाल धान त जेनतेन भित्राइयो । अव असारे धान रोप्न पानीको अभाव भएका कारण धान रोपाई पुरै गर्न नसकिएको वताए ।

१५ महिना अघिको विनासकारी भुकम्पले घर ध्वस्त भएपछि उनले अहिलेको टन्टलापुर घाममा पसिना वहाउदै झारेको धान सुरक्षित राख्ने ठाउ भने छैन् । भुकम्पको त्रास हटाउदै खेतीको काममा निस्केका जिलिङकै नीलप्रसाद पुडासैनी दम्पतीलाई धान भित्राउने काममा कसैको साथ थिएन् ।

यतिखेर गाउको वेशीमा धान थन्काएर असारे धान रोप्न चटारो छ भने अग्लो स्थानमा वर्षे धान भित्राउने । मानो रोपेर मुरी भित्राउने समयमा कृषकहरुलाई वोल्ने समेत फुर्सद छैन् ।

नुवाकोटको थानसिह, जिलिङ, खड्गभन्याङलगायतका स्थानमा खेतमा रोपिएका मकै भण्डारण गरेर मात्र धान रोपिने भएको कारण धान रोप्न ढिलाई भएको खड्गभन्याङका किसान शिवप्रसाद न्यौपानेले वताए । जिलिङ मात्र नभई अधिकांश फांटका किसानहरु आफै काट्न र चुटन देखि सुरक्षित थन्काउन व्यस्त रहेका छन् ।

खेतीमा सवैको चटारो एकै साथ छ । मेलापर्म चल्ने गाउमा सवै आफ्नै कामका लागी खेतमा व्यस्त छन्– न्यौपानेले गाउमा भुकम्प पीडित कृषकको व्यस्तता वारे भने । सिंचाई सुविधा नभएको नगरक्षेत्रको ठूलो फांट, पिपलटार, माझीटार, वट्टार लगायतका क्षेत्रमा खडेरीले मकै फलेको छैन भने वर्षे धानको विउ सम्म राख्न नसकेको समयमा थान्सिङ, वेल्कोट, सिन्दुरे, कागुनेलगायतका फांटमा किसानले मकै र धान भित्राउन खेती रोप्ने काममा व्यस्त छन् ।

नयाँ शक्तिबाहेक सबै दलसँग सहकार्य गर्न सक्छौँ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश र प्रतिनिधि सभा चुनावमा नयाँ शक्ति पार्टीबाहेकका दलसँग सहकार्य हुनसक्ने बताउनुभएको छ । अगुवा कार्यकर्ताको प्रशिक्षणको लागि ...