ठमेलको नर्सिङचोकमा आगलागी, झण्डै ८० लाख क्षति

२३ साउन, काठमाडौं । काठमाडौंको ठमेलस्थित नर्सिङ चोकमा आगलागी भएको छ । नर्सिङ चोकस्थित दुर्गालाल श्रेष्ठको घरमा आगलागी भएको हो । श्रेष्ठको कपडा गोदाममा विद्युत सट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

गोदाममा भण्डारण गरेर राखिएका आधा जति कपडा जलेको र ७०-८० लाख मूल्य बराबरको क्षति भएको श्रेष्ठले बताएका छन् ।

Thamel-aaglagi

बिहान पौने १० बजेतिर लागेको आगो दमकल र सोह्रखुट्टे प्रहरीको सहयोगमा २० मिनेटभित्र नियन्त्रणमा लिइएको सोह्रखुट्टे वृत्तका डिएसपी सोमेन्द्रसिंह राठोरले जाानकारी दिए । समयमै प्रहरी र दमकल पुगेकाले धेरै क्षति हुन नपाएको उनले बताए ।

आगो निभाउन जुद्ध वारुण यन्त्रका दमकमल, प्रहरीहरु र स्थानीयबासी खटिएका थिए ।

मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता

स्पेनका सरकारी वकिलले बार्सिलोनाका स्टाइकर लियोनल मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिएका छन् । अर्जेन्टिनाका मेस्सीमाथि लागेको कर छलिको आरोप फिर्ता लिइएको र अब ...