रोकी राखेका तीन बसमा आगजनी

२४ साउन, पर्वत । पर्वतको कुश्मामा निर्माणधिन बसपार्कमा रोकी राखेको बसमा आगजानी भएको छ ।

आइतबार साँझ  ग १ ख ४९३६ नम्बरको बसमा आगलागी भएको हो । आगलागीबाट बस पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ । आगोलागी हुदाँ बसपार्कमा रहेका अन्य २ सवारी साधनमा समेत क्षति भएको प्रहरीले जनाएको छ । ध १ ख ५६९ र ना ४ ख ९०३४ गाडीमा सामान्य क्षेती भएको प्रहरीको भनाइ छ ।

bus-aaago

बसपार्कमा खेली रहेका बालबालिकाले आगो लगाएर त्यहाँ बाट भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।  । उनीहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

झापा पुगेपछि ओली क्रुद्धः अन्तरघातीलाई कारवाही गर्ने चेतावनी

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दोस्रो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा एमालेले एमालेलाई हराएको भन्दै अन्तरघातीलाई निर्मम कारवाही हुने चेतावनी दिएका छन् । गृहजिल्ला ...