त्रिशूली नदीमा एक वेपत्ता ।

२५ साउन, नुवाकोट । विदुर नगरपालिकाको बट्टार हावाघर मुनी त्रिशूली नदीमा आज एक जना वेपत्ता भएका छन् ।

किरियापुत्रीका लागि नदीमा पानी लिन गएका कल्याणपुर गाविस वडा नं. ९ का ३८ वर्षिय रमेश भुजेललाई त्रिशूली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Trishuli River

विदुर नगरपालिका वडा नं. ६ देवीघाट कोलोनी नजिकै रहेको त्रिशूली नदीमा किरियापुत्रीका लागि नदीमा पानी लिन पुगेका भुजेल नदीमा चिप्लिएर वगाएको प्रहरी नायव उपरीक्षक ऋषिराम कडेलले बताए ।

पानी लिन पुगेका आफन्त त्रिशूली नदीमा पानीको उच्च वहाव रहेका बेला हराएपछि उनको खोजीका लागि स्थानीयवासी, प्रहरी तथा नेपाली सेना खटिएका छन् ।

धनगढीबाट एक युवक पेस्तोल सहित पक्राउ

धनथढी कार्तिक ३०, कैलालीको धनगढीबाट गएराती एक युवक हतियार सहित पक्राउ परेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमै रहेका बेला धनगढी उपमहानगरपालिका वडा नम्बर ७ ...