सहकारी तथा गरिबी निवारण बिभागको बैठक सम्पन्न ।

९ भदौ, नुवाकोट । सहकारी तथा गरिबी निवारण बिभागको प्रथम बैठक बिदुरमा सम्पन्न भएको छ । बिभाग प्रमुख एवं नेकपा एमाले नुवाकोटका सचिवालय सदस्य यमकुमार खाती (क्षेत्री)को अध्यक्षतामा २०७३ भदौ ९ गते बैठक सम्पन्न भएको हो ।

पार्टीको सहकारी तथा गरिबी निवारणसम्वन्धी निति अनुसारको प्रभावकारी कृयाकलाप अगाडी बढाउन जिल्लामा रहेका सहकारी संस्थाको गतिबिधीका तथ्य बिवरण सङकलन गरी राज्यको सहकारी तथा गरिबी निवारण कार्यक्रमको वारेमा अध्ययन गरी तत्कालै योजना बनाई सोही योजना अनुसार गतिबिधी अगाडी बढाउने निर्णय गरेको छ ।

बिभागका प्रमुख यमकुमार खातीले सहकारी आन्दोलन मार्फत गरिबी निवारण सम्वन्धित अनुसन्धान गर्ने, सहकारीको बिकास र प्रवद्र्धन गर्न पार्टीपङक्तिलाई सहकारी अभियानमा संलग्न गरी सामाजिक परिवर्तनको अभियानलाई सहयोग पुु¥याउने बिभागको उद्धेस्य रहेको कुरा बताउनु भयो ।

सहकारी आन्दोलनमा लागी रहेका सहकारीकर्मी हरुको जिल्ला भेला यसै महिनाको २५ गते सनिवार बिदुरमा अन्तरकृया गरिने बिभागका सदस्य छत्र लामाले जानकारी दिनु भएको हो ।

बाघले बाख्रा झम्टिए जसरी लछारपछार गरियोः बाबुराम

२० चैत, काठमाडौं । निर्वाचन आयोगमा धर्ना दिने क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहितका नेताहरुमाथि प्रहरीले दुव्र्यवहार गरेको छ । भट्टराईले घटनाले लज्जाबोध भएको ...