पोष्टबहादुर बोगटीलाई यसरी सम्झियो माओवादीले

३० भदौ, नुवाकोट । दुई वर्षअघि निधन भएका पुर्वमन्त्री एवं तत्कालिन एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृतिमा आज नुवाकोटमा पनि एक कार्यक्रम गरिएको छ । नुवाकोटको तुप्चे घर भएका निष्ठावान एवं जनप्रिय नेता बोगटीको दुई वर्षअघि आजकै दिन हृदयघातपछि उपचारको क्रममा राजधानीको नर्भिक अस्पतालमा निधन भएको थियो ।

posta-bahadur-bogati

माओवादीभित्र इमान्दार नेताको छवि बनाएका उनको स्मृतिमा नेकपा माओवादी केन्द्र नुवाकोटले विदुरस्थित शाहीद प्रतिष्ठान नेपाल जिल्ला शाखा नुवाकोटको शहिद स्मृति भवनमा बिहिबार स्मृति सभाको आयोजना गरेको छ । स्मृति सभामा माओवादी केन्द्रका केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला इन्चार्ज हितबहादुर तामाङ, जिल्ला संयोजक हिरानाथ खतिवडा, सहसंयोजक पुष्प लामिछाने, नेपाल दलित मुक्ती मोर्चाका ३ नम्वर संयोजक अमर बिक लगायतका  नेताहरुसहित बोगटीका परिवार तथा शुभेच्छुकहरुको सहभागिता रहेको थियो ।

स्मृतिसभामा बोल्दै पुर्वमन्त्रीसमेत रहेका नेता हितबहादुर तामाङले माओवादी र अन्य राजनीतिक दलहरुले पनि बोगटी जस्ता नेताबाट निष्ठाको राजनीति सिक्न सक्नुपर्नेमा जोड दिनुभयो । माओवादीले निष्ठाको राजनीतिलाई अबलम्बन गर्न सकेमात्रै बोगटीप्रति सच्चा श्रद्धाञ्जली हुने पनि उहाँको भनाई थियो ।

स्मृतिसभामा अधिकांश बक्ताहरुले बोगटीको उच्च ब्यक्तित्व, उहाँको जिवन र नेपालको कम्युनिष्ट आन्दोलन, नेपाली क्रान्ती र जनयुद्धमा उहाँले पु¥याउनु भएको योगदानको बिषयमा चर्चा गरेका थिए । नेपालको राजनीतिमा नेता बोगटी इमान्दारिता ,निष्ठा, त्याग र समर्पणको प्रतिक मानिनुहुन्थ्यो । नेपाली राजनीतिका हरेक राजनीतिकर्मीहरुले सादा जिवन उच्च बिचारको प्रर्तिमुर्ती मान्ने गर्छन । जस्तोसुकै कठिन परिस्थितिमा पनि एकमात्र छोरा रबी बोगटीको युद्धकै क्रममा मारिँदासमेत बिचलित नभएका बोगटीले समाजको आमूल परिवर्तनकै लागि भनेर सञ्चालन भएको नेपाली क्रान्तिको नेतृत्व निरन्तर गरिरहनुभएको थियो । हाल उहाँकी जिवनसंगिनी राममायाँ बोगटी व्यवस्थापिका संसदको साँसद हुनुहुन्छ भने दुई छोरीहरु प्रतिभा र प्रभा बोगटी राजनीतिमा नै सक्रिय हुनुहुन्छ ।

रसुवामा तीन हजार भूकम्प प्रभावितले मात्र घर निर्माण थाले

भूकम्प गएको २७ महिनामा रसुवाका झण्डै तीन हजार भूकम्प प्रभावितले मात्र घर निर्माण थालेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाइ रसुवाका अनुसार जिल्लाका तीन हजार ...