त्रिशूली नदीमा शिक्षक हामफाले

१० असोज, नुवाकोट । नुवाकोटको त्रिशूली नदीमा सोमवार अपरान्हदेखि एक शिक्षक हामफालेर वेपत्ता भएका छन् ।

नदीमा वेपत्ता शिक्षकको स्थानीयवासी, आफन्त तथा प्रहरीले खोजी जारी राखेका छन् । तुप्चे गाविस वडा नं. १ सोलेवजार घर भएका कार्की मनकामना माविका शिक्षक ४५ वर्षिय कर्णवहादुर थापा घर नजिकै झोलुंगे पुलवाट हामफालेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

अपरान्ह नदीमा वेपत्ता शिक्षक थापाको खोजी भइरहेको स्थानीयवासी सुभद्रा नेपालले जानकारी दिइन् ।

चोरीका सामानसहित दुई पक्राउ

३ जेठ, लहान। सिरहा नगरपालिका–२ स्थित विभिन्न व्यक्तिको घरबाट चोरी गरिएको नगद तथा मोबाइललगायतका सामानसहित प्रहरीले आइतबार साँझ दुई जनालाई पक्राउ गरेको छ । जिल्ला ...