तिहारमा रसुवागढी भन्सार कार्यालय खुल्ला गरिने

कात्तिक १३ ,रसुवा
तिहारमासमेत रसुवागढी भन्सार कार्यालय सन्चालन गरिने भएको छ । यस वर्षको तिहारमा रसुवागढी भन्सार कार्यालय खुल्ला गरिने भएको छ ।

rasuwa-bhansar-office-final

 

अघिल्लो वर्षसम्म तिहारमा बन्द हुने रसुवागढी भन्सार कार्यालय यस वर्ष तिहारको भाइटीका र लक्ष्मीपुजाकोे दिन मात्र बन्द हुने रसुवागढी भन्सार प्रमुख केदार पनेरुले वताउनुभयो । सर्वसाधारणको सहजताका लागि यही कार्तिक १५ र १६ गते मात्र बन्द हुने त्यसपछि साविक झैं कार्यालय सञ्चालनमा आउने कार्यालय प्रमुख पनेरुले जानकारी दिनुभयो ।

तिहारमा रसुवागढी भन्सार कार्यालयले यात्रु शाखा खुल्ला राखेर राजश्व संकलन गर्ने जनाएको छ । रसुवागढी भन्सार कार्यालयले मासिक २२ करोड रुपैया राजस्व सङ्कलन गर्दै आएको छ ।बन्दका समयमा पनि उद्योगी व्यापारीलाई भन्सार निकासी पैठारीमा सहयोग पु¥याउने उद्देश्यले तिहारमा कार्यालय खुल्ला गर्नेे व्यवस्था गर्न लागिएकोे प्रमुख पनेरुको भनाई छ । रसुवागढी भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५० करोड रुपैया भन्सार राजश्व असुली लक्ष्य राखेकोमा हालसम्म ६८ करोड रुपैया राजश्व संकलन गरेको छ ।सो भन्सारले साउनमा २०, भदौमा २३ र असोजमा २५ करोड रुपैया राजश्व संकलन गरेको छ । नेपाल–चीन प्रवेशको लागि हाल उत्तरतर्फ रसुवागढी नाकामात्र सन्चालनमा रहेको छ ।

माधवकुमार नेपाल चीन प्रस्थान

नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल सिल्क रोड इन्टरनेसनल कोअपरेसन अर्गनाइजेसनको निमन्त्रणामा ‘बेल्ट एण्ड रोड इन्टरप्राइजेज इन्टरनेसनल इकोनोमिक एण्ड ट्रेड कम्युनिकेसन फेयर’ मा सहभागी ...