स्याफ्रूमा सार्बजनिक सुनुवाई सम्पन्न

Image

०१ मंसिर -जिल्ला विकास समिती रसुवाको आर्थिक बर्ष ०७३/०७४ को प्रथम चौमासिक अबधिको सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

रसुवाको स्याफ्रूबेशीमा गत कात्तिक २८ गते निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थित नागरीकहरुले आफ्ना समस्या , गुनासा र विकासे कार्यक्रमका बारेमा जिज्ञासा राखेका थीए । विकासका कार्यक्रमहरु समान तबरले सबै ठाउँमा पुग्नु पर्ने , जिल्लाका १८ वटै गाविसमा सार्वजनिक सुनुवाई कार्यक्रम राख्नुपर्ने यस्ता कार्यक्रमले जिल्लाका सबै नागरीकहरु सूसुचित हुने जस्ता गुनासा , सुझाब आएका थीए । लामा , झाँक्रिहरुको समूह रसुवामा बिस्तार गर्नका निम्ती महोत्सब गर्न लागिएकोमा सहयोगका पहलको माग ,स्वास्थ्य ,निकुञ्ज क्षेत्रसँग सम्बन्धित गुनासाहरु , बिभिन्न गैरसरकारी निकायले भूकम्पपछि बनाएका संरचनाहरुमा तरजालीको आबश्यकता र यसको माग लगायतका माग ,सुझाव तथा गुनासहरु आएका थीए ।
कार्यक्रममा प्राप्त सुझाव , माग र गुनासाहरुको सम्बोधनका निम्ती जिल्ला विकास समिती रसुवा सदैब तत्पर भएको कार्यक्रमका सभापती तथा निमित्त स्थानीय विकास अधिकारी एबं जिल्ला इन्जिनियर मदन आलेले बताउनुभयो । नागरीक स्तरबाट आएका सुझाव , माग र गुनासाहरुको बारेमा निमित्त स्थानीय विकास अधिकारी एबं जिल्ला इन्जिनियर मदन आले , निमित्त प्रमुख जिल्ला अधिकारी दिपक केसी , जिल्ला विकास समिती रसुवाका आन्तरिक लेखा परिक्षक गणेश प्रसाद रेग्मी लगायत बिषयगत कार्यलयहरुका प्रमुख तथा प्रतिनिधिहरुले जबाफ दिनुभएको थियो ।
प्रतिबेदक गीता अधिकारी रहेको कार्यक्रममा नयाँ शक्ति स्याफ्रू गाविसका संयोजक कामिसेधर तामाङ , नेकपा एमालेका जिल्ला अध्यक्ष कन्र्याल लामा , नेपाली काँग्रेस स्याफ्रू गाउँ इकाई सभापती सोनाम तामाङ लगायतले सार्बजनिक सुनुवाई कार्यक्रम मार्फत जनता सुसूचित हुने भएकोले सबै गाविसका जनताले थाहा पाउने तरीकाले गर्नुपर्ने र यस्ता कार्यक्रममा जनता आफै चनाखो भई उपस्थित हुनुपर्ने धारणा राखेका थीए ।
रेडियो लाङटाङको समन्बयमा भएको कार्यक्रममा जिल्ला विकास समिती रसुवाका आन्तरिक लेखा परिक्षक गणेश प्रसाद रेग्मीले सार्वजनिक सुनुवाइको महत्व बारे प्रकाश पार्नुका साथै स्याफ्रू , लहरेपौवा , धैबुङ , चिलिमे , टिमुरे र भोर्ले गाविसमा गरिएको नागरीक प्रतिबेदन र बर्हिगमन अभिमतको बारेमा प्रष्ट पार्नु भएको थियो ।

इन्डोनेसियामा श्रृँखलाबद्ध बिस्फोट

३० पुस – इन्डोनेसियाको राजधानी जाकार्तामा श्रृँखलाबद्ध बिस्फोट तथा अन्धाधुन्ध गोली प्रहार भएको छ । घटनामा २ जनाको ज्यान गएको छ । जकार्तामा रहेको राष्ट्रपति ...