टुँडिखेलमा ‘नेपथ्य’को गीत सुन्न दर्शकको भीड

अंग्रेजी नयाँ बर्षलाई स्वागत गर्दै नेपालको चर्चित व्याण्ड ‘नेपथ्य’ले राजधानीको टुँडिखेलमा भव्य कन्सर्टको आयोजना गरेको छ । २७ बर्ष अगाडि यो ब्याण्डको स्थापना भएको थियो । सरु भक्तको ‘कुरुप अनुहार’ बोलको गीतबाट ‘नेपथ्य’ले सांगीतिक प्रस्तुती सुरु गरेको थियो ।

nepathy-concert-6

‘पल्सर डेयर भन्चर’को दोश्रो श्रृङ्खलाको समापन कार्यक्रममा ‘नेपथ्य’को कन्सर्ट आयोजना गरिएको हो । कार्यक्रम हेर्नका लागि यूवायूवतीको बाक्लो भीड टुँडिखेलमा देखिएको थियो । कार्यक्रममा यो ब्याण्डले दर्जन बढी गीत प्रस्तुत गरेको थियो ।

nepathy-concert-15

गीत गाउने क्रममा व्याण्डका भोकलिस्ट अमृत गुरुङले नेपाली-नेपालीको भावना बलियो हुनुपर्ने बताउँदै नेपाल घुम्न आउन सबैलाई आग्रह गरे ।

आज धान दिवस, विभिन्न स्थानमा रोपाइँ गरी मनाईदै

१५ असार- आज असार १५ अर्थाता धान दिवस । राजधानीलगायत देशका विभिन्न स्थानमा धान दिवस धान रोपाइँ गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घले सन् १९६६ लाई भोकमरीबाट ...